Skip to main content

Posts

दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र : नेपाल ८८ औं नम्बरमा

असोज १८, २०७४ राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा कायमै रहेको छ । वल्र्ड इकोनोमिक फोरमद्धारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ का अनुसार नेपाल गत बर्षभन्दा सुचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसियामा भने चौथो स्थानमा नै रहेको छ । विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा नेपाल दक्षिण एसियाको तेस्रो प्रतिस्पर्धी अर्थतन्त्र रहेको थियो । विश्व आर्थिक मञ्चले १ सय ३७ देशमा गरेको  तथ्यांक अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल ८८ औं नम्बरमा परेको छ । स्रोत: कारोबार दैनिक प्रथम पाँच १. स्वीजरल्याण्ड २. अमेरिका ३. सिंगापुर ४. नेदरल्यान्ड्स ५. जर्मनी दक्षिण एसिया ४०. भारत ८२. भुटान ८५. श्रीलङ्का ८८. नेपाल ९९. बंगलादेश ११५. पाकिस्तान
Recent posts

डोटीका रानाभाट बने लिगलिगे राजा

आश्विन ९, २०७४-आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाट ले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् । नेपाली सेनाका उनले एक घण्टा दुई मिनेटमा दौड पुरा गरेका थिए । उनलाई खेलकुद मन्त्री राजन केसीले श्रीपेच पहिराएर लिगेलिगे दौड २०७४ का बिजेता घोषणा गरे । गोरखाको मर्स्याङ्दी र चेपे दोभानबाट आँपपिपलको लिगलिगकोट दौडेर पहिले पुग्नेलाई बिजेता घोषणा गरि पुरस्कृत गर्ने गरिन्छ । दौडनु पर्ने १३.५ किलोमिटर छ । गत वर्ष ५६ मिनेट १८ सेकेण्डमै दौड पुरा भएको थियो । त्यस्तै नेपाली सेनाकै राम्जी बस्नेत ले एक घण्टा ४ मिनेटमा दौड पुरा गरेर दोस्रो पुरस्कार जितेका छन् । उनले भने ३० हजार ३ सय ५ रुपैंया नगद पुरस्कार पाउने छन् । नेपाली सेनाका सबिन बस्नेत एक घण्टा ५ मिनेट ३८ सकेण्डमा दौड पुरा गरेर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानका उपाध्यक्ष सरोज देवकोटाले बताए । उनले नगद २० हजार दुई सय ५ रुपैंया पुरस्कार पाउने छन् । दौडमा एक सय १७ जना सहभागी थिए । त्यस्तै समावेशी महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएको देवकोटाले जानकारी दिए । उनले ३९ मिनेटमा दौड पुरा गरेर १५ हजा

काठमाडौं तराई द्रुतमार्ग (फास्टट्र्याक)

काठमाडौं- नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९९ सय वटा पुल बनाइने भएको छ । द्रुतमार्गका कुल ७६.२ किलोमिटर मध्ये पुल ९.६ किलोमिटर र सुरुङ १.३५ किलोमिटर रहने सेनाले जनाएको छ । सेनाले व्यवस्थापिका संसद्को विकास समितिसमक्ष सो जानकारी गराएको हो । सरकारले गत वैशाख २१ गते सेनालाई उक्त मार्ग बनाउने दिने निर्णय गरेपछि सेनाले लगत्तै काम थालेको थियो । सेनाका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडका अनुसार पाँच ठाउँमा शिविर स्थापना गरेर फास्ट ट्र्याक निर्माण गर्न थालिएको बताए । ‘तत्कालका लागि पाँच स्थानमा शिविर खडा गरेर काम सुरु गरिसकेको छौं । त्यसका लागि एक सय ७३ वटा उपकरण प्रयोगमा ल्याइएको छ,’ खाँडले समिति बैठकमा भने, ‘सातवटा पुल ठूला हुनेछन् ।’ उनका अनुसार गंगटेदेखि रातमाटेसम्म १.३५ किलोमिटरको सुरुङ बनाइनेछ । सेनाले मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने, वागदेव (निजगढ) गरी पाँच ठाउँमा शिविर खडा गरेको छ । सडक निर्माणका लागि ‘कन्सल्ट्यान्ट’ नियुक्ति र ठूला पुल निर्माणका लागि प्रावधिक छनोट प्रक्रिया सुरु भइसकेको नेपाली सेन

परदेशबाट फर्केर सरकारी जागिर

दिनेश रेग्मी, काठमाडौं पुस २५, २०७२-परदेशको बसाई र कमाईपछि मुलुक फिरेर कृषि, पशुपालन त व्यापार, व्यवसाय र पेशामा खटिएका समाचार आइरहन्छन् । केहीले भने लोकसेवामा भिडेर सरकारी जागिरमा समेत प्रवेश गरेका छन् । कतार, साउदी अरब, युएई, बहराईन, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलियाबाट फर्केर कसरी बने उनीहरु निजामती कर्मचारी ? एसएलसी पास गरेपछि खोटाङ–१, बितलबका रमेश गेलाल राजधानी छिरे आईकम पढ्न । आर्थिक अभावले पढ्न सहज थिएन । उनले जुक्ति निकाले– पहेंलो कागज किनेर लिफा (खाम) बनाएर स्टेसनरीमा बेच्ने । त्यही खर्चले आईकम सकाए । तर बीबीएस पढ्दा सकस भयो । खामको व्यापार साझेदारीमा चलाए, तर जम्म सकेनन् । आर्थिक दुरवस्थाले च्याप्यो । अनि ऋण खोजेर उनी कतार हानिए, बीबीएस तेस्रो वर्ष पढ्दा पढ्दै । कतारको ५ वर्षे बसाइमा उनले क्लिनरदेखि प्रशासन सहायकसम्मका काम गरे । सप्लाई कम्पनी मार्फत कतारको ठूलो कम्पनी ‘रास ग्यास’ मा काम गर्थे उनी । पछिल्लो अवस्थामा तलब रामै्र भए पनि जति पाउनुपथ्र्यो त्यो मिलेन । कारण थियो– शैक्षिक योग्यता । ‘मेरो पर्फर्मेन्स देखेर कम्पनीले निर्देशक बनाउन चाह्यो, जसको तलब हुन्थ्यो– मासिक

एकै दिन सात विधेयक पारित

असोज ४ २०७४ सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार(असोज ३) व्यवस्थापिका–संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच दसैं, तिहारलगायत चाडपर्व परेका कारण मंगलबार संसद् बैठक दुईपटक बसेर विधेयकहरू पारित गरिएका हुन् । विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन (मंगलबार) संसद् बैठक बोलाएकी थिइन् । सांसदहरूलाई बोल्न शून्य समय र विशेष समयसमेत नदिई सभामुखले सिधै कार्यसूचीमा प्रवेश गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएकी थिइन् । भदौ २३ गते कोरम नपुगेपछि रोकिएका थारू आयोग र मुस्लिम आयोग विधेयक मंगलबार पारित भएका छन् । सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा (नवौं) संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको (केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने) विधेयक अनि राष्ट्रपति र उपराष्ट्रपतिको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि कानुन नहुँदा उनीहरूले काम गर्न सकेका थिएनन् । स

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ (Sep 14, 2017) , वासिङ्गटन डिसी । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्ने भएका हुन् । यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ । अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले रासससँग संक्षिप्त कुराकानी गर्दै भने– नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो । यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि

रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला

(परासी तराई र नवलपुर भित्री मधेसमा) २५ भदौ, काठमाडौं । रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला को वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको छ । रामेछाप, धादिङ, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको वर्गीकरणमा परेका थिए । संसदको विकास समितिले आइतबार(भदौ २५) पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ । रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् । नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई तराई र नवलपुर क्षेत्रको जिल्लालाई भित्री मधेसमा वर्गीकरण गरिएको विकास समितिका सदस्य गणेश पहाडीले जानकारी दिए । २०७४ भदौ २५ गते १४:४४ मा प्रकाशित स्रेात: अनलाइन खबर Collected by SilentCSanj