Skip to main content

Posts

Showing posts from September 3, 2017

के हो क्यामेल्स ?

अंग्रेजी अक्षर सीएएमईएलएस (CAMELS) जोडेर क्यामेल्स बनाइएको हो । सन् १९७९ मा अमेरिकी केन्द्रीय बैंकले क्यामेल्स विधि प्रयोगमा ल्याएको हो । अहिले सबै देशका केन्द्रीय बैंकले यो विधि अपनाएका छन् । सी : क्यामेल्समा ‘सी’ को अर्थ क्यापिटल एड्यकेसी (पुँजी पर्याप्तता) हो । कर्जा लगानी गर्दा वित्तीय संस्थाले कायम गर्नुपर्ने न्यूनतम पुँजी नै पुँजी पर्याप्तता हो । विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकले न्यूनतम ११ प्रतिशत पुँजी पर्याप्तता कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ए : ‘ए’ को अर्थ एसेट क्वालिटी (सम्पत्तिको गुणस्तर) हो । यसबाट संस्थाको असल र खराब कर्जा छुट्याइन्छ । खराब कर्जाबापतको व्यवस्था, कर्जाको क्षेत्रगत प्रवाह, लगानी नीति, नीति कार्यान्वयन, सञ्चालकले लिएको कर्जालगायत कर्जाको सम्पूर्ण विवरण अध्ययन गरिन्छ । एम : ‘एम’ ले म्यानेजमेन्ट (व्यवस्थापन) हो । यसबाट संस्थाको व्यवस्थापकीय क्षमता मूल्यांकन गरिन्छ । यसअन्तर्गत सञ्चालक र उच्च तहका पदाधिकारीको योग्यता, योजना निर्माण, कार्यान्यवन क्षमता, नियामक निकायको निर्देशन पालना, आन्तरिक नियन्त्रण प्रणाली र औद्योगिक सम्बन्ध अध्ययन गरि