Skip to main content

Posts

Showing posts from August 13, 2017

महान्यायाधीवक्तामा भण्डारी नियुक्त, आजै सपथग्रहण

२ भदौ, काठमाडौं । महान्यायाधीवक्ता बसन्तराम भण्डारी ले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् । त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन् । काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति थियो । २०७४ भदौ २ गते १२:५२ मा प्रकाशित स्रोत: अनलाइन खबर

पेटको बोसो घटाउने उपाय

१) लसुनः लसुनले एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । २) ग्रीन टीः पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ । ३) केराः यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ । ४) पुदीनाः एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ । ५) दालचीनीः यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस्