Skip to main content

Posts

Showing posts from August 20, 2017

देउवा र मोदीले दिल्लीबाट स्विच थिचेर गरे कटैया-कुशाहा प्रशारणलाइनको उद्घाटन

८ भदौ, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया-कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला हैदराबाद हाउसबाट बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रशारणलाइनको उदघाटन गरेका हुन्। यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब यो प्रशारणलाइनबाट पनि विद्युत आयात सुरु हुनेछ ।’ आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ । त्यस्तै अहिले रक्सौल-परवानीपुरको १ सय ३२ केभी प्रसारणलाइन पनि निर्माण सम्पन्न भइसकेको छ । जसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ । यि दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्मा

भारतसँग भएका ८ सम्झौता के के हुन्?

भदौ ८, २०७४ काठमाडौं— नेपाल र भारतबीच ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार द्विपक्षीय वार्तापछि एउटा सम्झौतापत्र र ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। ‘नेपाल र भारतबीच ८ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ,’ द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले भने। भुकम्प पुनर्निर्माणसँग सम्बन्धित चारवटा तथा लागूपदार्थ नियन्त्रण, मेची पुल स्तरोन्नति र चाटर्ड एकाउन्टेटसँग सम्बन्धित एकएकवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच भएको एक मात्र सम्झौता खाद्य वस्तुको मानकीकरण मूल्यांकनसँग सम्बन्धित छ। नेपाल र भारतबीच हस्ताक्षर भएको पहिलो समझदारीपत्रमा भूकम्प प्रभावित ५० हजार घर निर्माण गर्ने उल्लेख छ। समझदारीपत्रअनुसार भारतले नेपाललाई ५० हजार घर निर्माण गर्न १० करोड अमेरिकी डलर उपलब्ध गराउनेछ । यो रकम भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकमबाट काटिनेछ । दोस्रो समझदारीपत्रमा भूकम्पपछिको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण

रोनाल्डो युएफा वर्ष खेलाडी

भदौ ९ – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहायताले नै रियल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल भयो । टुर्नामेन्टमा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए । उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो अर्वाडसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधि जितेका छन् । उनका प्रतिद्वन्दी लियानल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् । बुधबार इटालियन क्लब फियोरेन्तिानासँगको खेलमा रोनाल्डोले फियोरेन्तिनाका डिफेन्डरलाई चलाखीपूर्ण रुपले छक्काउँदै उत्कृष्ट गोल गरेका थिए । बुफोनले वर्ष खेलाडीको अवार्ड नजिते पनि खाली हात भने जानु परेन । युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड

अनुपम र ज्ञानुलाई युवा वर्ष मोती पुरस्कार

२७ साउन, काठमाडाैं । नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्ष(२०७४)को मोती पुरस्कार रुपन्देहीकी अनुपम रोशी र चितवनकी ज्ञानु अधिकारीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । युवा वर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले साहित्यकारद्वय रोशी र अधिकारीलाई ५० हजार राशि को पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ । युवा वर्ष मोती पुरस्कारको ३२ वर्षको इतिहासमा संयुक्त रुपमा दुई महिला साहित्यकारलाई पुरस्कार दिन लागिएको यो पहिलोपटक हो । उपन्यासकार अनुपम रोशीका कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ गरी तीन उपन्यास प्रकाशित छन् भने ज्ञानु अधिकारी समालोचनाका क्षेत्रमा सक्रीय छिन् । कोषका अनुसार १५२ औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ५ गते उनीहरूलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको यस पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् । २०७४ साउन २७ गते ११:१० मा प्रकाशित स्रोत: अनलाइनखब

राष्ट्रिय कविता महोत्सव २०७४

काठमाडौं, असार ९ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कविता महोत्सव–२०७४ मा खोटाङका चन्द्र रानाहँछा ‘आँधीको यात्रा’ शीर्षक कविताका लागि प्रथम भएका छन् । यसैगरी, भोजपुरका सुवास राई ‘क्याप्टेन’ ‘फरक’ शीर्षकका कविताका लागि द्वितीय तथा दाङका दीपेन्द्र उपाध्याय (लोकतन्त्र), काभ्रेपलाञ्चोककी उर्मिला कोइराला (उज्यालोको आत्मकथा) र काठमाडौंकी अमृता स्मृति (फूलहरु जान्दैनन् युद्ध गर्न) तृतीय भएका छन् । विजेतालाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २०/२० हजार नगदसहित सम्मानपत्र राष्ट्रपतिको हातबाट प्रदान गरिनेछ । महोत्सवमा देशभरबाट ३२ प्रतियोगी तथा २० अप्रतियोगी कवि सहभागी थिए । देशका विभिन्न जिल्लाबाट २२९ कविता प्रतियोगिताका लागि प्राप्त भएको महोत्सवका संयोजक प्राज्ञ डा. अमर गिरीले जानकारी दिए । प्रज्ञा–प्रतिष्ठानबाट वि.सं. २०२२ देखि आफ्नो जन्मोत्सवका दिन कविता महोत्सव गरिँदै आएको छ । महोत्सवमा रेशम विरही, अशेष मल्ल, बेन्जु शर्मा, कृष्ण प्रसाईं, गोपाल अश्क, रमेश पौडेल, विमला तुम्खेवा, निलम कार्की ‘निहारिका’, सुरेश हाँचेकाली पूर्ण इन्फादा, हर