Skip to main content

Posts

Showing posts from July 23, 2017

पचाल झरना बन्यो नेपालकै अग्लो झरना

१२ साउन, कालिकोट ।<font color = "green"> कालिकोटको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । </font color = "green"> नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो । पचालझरनाको वास्तबिक <font color ="red">उचाई ३८१ मिटर </font color ="red"> रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए । जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो । २ वटा जिपिएसको सहायताबाट साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिट

प्रमुख १० करदाता २०७३/०७४

१. एनसेल - १४ अर्ब ५८ करोड २. सुर्य नेपाल - १४ अर्ब ९ करोड <u>(उत्पादनमुलकमा सबैभन्दा ठुलो करदाता)</u> ३. नेपाल टेलिकम - १३ अर्ब ४८ करोड <u>(सरकारी लगानीको सबैभन्दा ठुलो नाफामूलक कम्पनी)</u> ४. गोर्खा ब्रुअरी - १० अर्ब ५४ करोड ५. नेपाल आयल निगम - ४ अर्ब ७० करोड ६. विजय डेस्टिलरी - ४ अर्ब ६६ करोड ७. नबिल बैंक - २ अर्ब ११ करोड <u>(बैंकहरु मध्ये सबैभन्दा ठुलो करदाता)</u> ८. इन्भेष्टमेण्ट बैंक - १ अर्ब ८० करोड ९. कृषि विकास बैंक - १ अर्ब ५२ करोड <u>(नवप्रवेशी)</u> १०. सिप्रदी ट्रेडिङ - १ अर्ब ३७ करोड Collected by SilentCSanj

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj

हलो क्रान्ति दिवस

✦हलो क्रान्ति दिवश कहिले मनान्छ - साउन ११ ✦कहिले देखी मनाउनु सुरु गरियो - २००६ साल साउन ११ गते ✦६८ औं हलो क्रान्ति दिवस कहिले मनाइयो – २०७४ साउन ११ गते ✦कहाँ मनाइन्छ - लमजुङमा ✦किन मनाइन्छ - ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो । ✦नेतृत्व कसले गरे- पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी , मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए । स्रोत: मित्र घिमिरे Collected by SilentCSanj

घण्टाकर्ण चतुर्दशी

साउन  महिनाको कृष्ण  पक्षको चतुर्दशी  तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिन शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । काठमाडौँ उपत्यकामा यस पर्वलाई ' गठेमङ्गल ' भन्ने गर्दछन् । 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ । वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्ने गरिन्छ। <font color ="red">पौराणिक कथा </font color = "red"> नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवता

नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो।समलिंगी विवाहको कानुन निर्माणको काम भइरहेका बेला समलिंगी जोडीको विवाह दर्ता हुनुलाई महत्वका साथ हेरिएको छ। कैलालीकी मोनिका शाहीले डडेल्धुराका केटासँग विवाह गरेकी हुन्। उनले डडेल्धुराको परशुराम नगरपालिका १२ का रमेश नाथसँग विवाह गरेकी छन्। कैलालीको लम्किीचुहा नगरपालिका १ की मोनिका शाहीले यस अघि नेपालमै पहिलो पटक <font color ="red">‘अन्य’</font color ="red"> लिंग उल्लेख गरी राहदानी बनाएकी थिइन्। मोनिका र रमेशले गत वैशाख २४ गते सामाजिक परम्परा एवं विवाह दर्ता ऐन २०२८ अनुसार विवाह गरेका थिए। ६ महिना अघि प्रेममा परेका उनीहरुले गत वैशाखमा विवाह गरी श्रीमानरश्रीमतीको साइनोलाई पूर्णता दिएका हुन्। हाल मोनिका आफूले विवाह गरेका कारण विवाह पूर्व बनाएको नागरिकतामा भएको नाम सच्याउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी छन्। नागरिकतामा उनको नाम मनोज शाही छ। मोनिकाले तेस्रोलिंगी भएको थाहा भएसँगै गरेको लामो संघर्ष पछि मात्रै नेपालमा पहिलो पटक जारी गरिएको अन्य बाट

नेपालको प्रशासनिक विभाजन

१. लिच्छवि कालमा - १३ क्षेत्रमा २. पृथ्वीनारायण शाहको पालामा - १२ क्षेत्रमा ३. जंगबहादुरको पालामा - ६९ ईकाइमा ४. भिमसेन थापाको पालामा - ३९ जिल्ला ५. वीर शम्मेरको पालामा - ३५ जिल्ला ६. महेन्द्रको पालामा - १४ अञ्चल ७५ जिल्ला (नामाकरण; १० नदि, २ धार्मिक स्थल, २ हिमाल) (२०१८/१/१) ७. वीरेन्द्रको पालामा - ४ विकास क्षेत्र (२०२९/३/१३) ८. वीरेन्द्रको पालामा - ५ विकास क्षेत्र (२०३७/६/२६) ९. सुशील कोइराला नेतृत्वको सरकारदेखि - ७ प्रदेशमा (२०७२/६/३) Collected by SilentCSanj

लोकसेवा आयोगको आ. व २०७४/०७५ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका

इंगल्याण्डले जित्यो चौथो पटक महिला क्रिकेट विश्वकपको उपाधि, फाइनलमा भारत पराजित

एन्या स्रुबसोलले ६ विकेट लिएपछि आयोजक इंगल्याण्डले भारतलाई ९ रनले पराजित गर्दै महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। २ सय २९ रनको विजय लक्ष्य पछ्याएको भारतलाई ४८.४ ओभरमा २ सय १९ रनमा अलबउट गर्दै इंगल्याण्ड चौथो पटक च्याम्पियन बन्दा भारतको पिहलो पटक उपाधि जित्ने सपना अधुरै रह्यो। अहिलेसम्म अष्ट्रेलियाले सर्वाधिक ६ पटक च्याम्पियन बन्दा न्यूजिल्याण्डले एकपटक उपाधि जितेको छ। एक समय १ सय ९१ रनमा ३ विकेट मात्रै गुमाएको भारत जित नजिकै पुगेपनि त्यसपछि नाटकिय रुपमा विकेट पतन हुँदा पूरै ओभर समेत टिक्न सकेन। भारतले २८ रन जोड्ने क्रममा बाँकी ७ विकेट गुमाएको थियो। इंगल्याण्डलाई उपाधि दिलाउन नायक बनेकी स्रुबसोले ९.४ ओभर बलिङ गर्दा ४६ रन खर्चेर ६ विकेट लिइन्। यस्तै एलेक्स हार्टलेले २ विकेट झारिन्। भारतका लागि ओपनर पुनम राउतले सर्वाधिक ८६ तथा हर्मित कौरले ५१ रन बनाइन्। त्यसअघि लर्ड्समा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्लयाण्डले पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। इंगल्याण्डका लागि नताली स्भरले ५१ तथा साराह टेलरले ४५ रन बनाइन्। क्याथरिन ब्रन्टले ३५ रन बनाइन् भने जेनी गु