Skip to main content

Posts

Showing posts from September 17, 2017

काठमाडौं तराई द्रुतमार्ग (फास्टट्र्याक)

काठमाडौं- नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९९ सय वटा पुल बनाइने भएको छ । द्रुतमार्गका कुल ७६.२ किलोमिटर मध्ये पुल ९.६ किलोमिटर र सुरुङ १.३५ किलोमिटर रहने सेनाले जनाएको छ । सेनाले व्यवस्थापिका संसद्को विकास समितिसमक्ष सो जानकारी गराएको हो । सरकारले गत वैशाख २१ गते सेनालाई उक्त मार्ग बनाउने दिने निर्णय गरेपछि सेनाले लगत्तै काम थालेको थियो । सेनाका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडका अनुसार पाँच ठाउँमा शिविर स्थापना गरेर फास्ट ट्र्याक निर्माण गर्न थालिएको बताए । ‘तत्कालका लागि पाँच स्थानमा शिविर खडा गरेर काम सुरु गरिसकेको छौं । त्यसका लागि एक सय ७३ वटा उपकरण प्रयोगमा ल्याइएको छ,’ खाँडले समिति बैठकमा भने, ‘सातवटा पुल ठूला हुनेछन् ।’ उनका अनुसार गंगटेदेखि रातमाटेसम्म १.३५ किलोमिटरको सुरुङ बनाइनेछ । सेनाले मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने, वागदेव (निजगढ) गरी पाँच ठाउँमा शिविर खडा गरेको छ । सडक निर्माणका लागि ‘कन्सल्ट्यान्ट’ नियुक्ति र ठूला पुल निर्माणका लागि प्रावधिक छनोट प्रक्रिया सुरु भइसकेको नेपाली सेन

परदेशबाट फर्केर सरकारी जागिर

दिनेश रेग्मी, काठमाडौं पुस २५, २०७२-परदेशको बसाई र कमाईपछि मुलुक फिरेर कृषि, पशुपालन त व्यापार, व्यवसाय र पेशामा खटिएका समाचार आइरहन्छन् । केहीले भने लोकसेवामा भिडेर सरकारी जागिरमा समेत प्रवेश गरेका छन् । कतार, साउदी अरब, युएई, बहराईन, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलियाबाट फर्केर कसरी बने उनीहरु निजामती कर्मचारी ? एसएलसी पास गरेपछि खोटाङ–१, बितलबका रमेश गेलाल राजधानी छिरे आईकम पढ्न । आर्थिक अभावले पढ्न सहज थिएन । उनले जुक्ति निकाले– पहेंलो कागज किनेर लिफा (खाम) बनाएर स्टेसनरीमा बेच्ने । त्यही खर्चले आईकम सकाए । तर बीबीएस पढ्दा सकस भयो । खामको व्यापार साझेदारीमा चलाए, तर जम्म सकेनन् । आर्थिक दुरवस्थाले च्याप्यो । अनि ऋण खोजेर उनी कतार हानिए, बीबीएस तेस्रो वर्ष पढ्दा पढ्दै । कतारको ५ वर्षे बसाइमा उनले क्लिनरदेखि प्रशासन सहायकसम्मका काम गरे । सप्लाई कम्पनी मार्फत कतारको ठूलो कम्पनी ‘रास ग्यास’ मा काम गर्थे उनी । पछिल्लो अवस्थामा तलब रामै्र भए पनि जति पाउनुपथ्र्यो त्यो मिलेन । कारण थियो– शैक्षिक योग्यता । ‘मेरो पर्फर्मेन्स देखेर कम्पनीले निर्देशक बनाउन चाह्यो, जसको तलब हुन्थ्यो– मासिक

एकै दिन सात विधेयक पारित

असोज ४ २०७४ सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार(असोज ३) व्यवस्थापिका–संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच दसैं, तिहारलगायत चाडपर्व परेका कारण मंगलबार संसद् बैठक दुईपटक बसेर विधेयकहरू पारित गरिएका हुन् । विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन (मंगलबार) संसद् बैठक बोलाएकी थिइन् । सांसदहरूलाई बोल्न शून्य समय र विशेष समयसमेत नदिई सभामुखले सिधै कार्यसूचीमा प्रवेश गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएकी थिइन् । भदौ २३ गते कोरम नपुगेपछि रोकिएका थारू आयोग र मुस्लिम आयोग विधेयक मंगलबार पारित भएका छन् । सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा (नवौं) संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको (केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने) विधेयक अनि राष्ट्रपति र उपराष्ट्रपतिको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि कानुन नहुँदा उनीहरूले काम गर्न सकेका थिएनन् । स