२ भदौ, काठमाडौं । महान्यायाधीवक्ता बसन्तराम भण्डारी ले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् । त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन् । काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति थियो । २०७४ भदौ २ गते १२:५२ मा प्रकाशित स्रोत: अनलाइन खबर