Skip to main content

Posts

Showing posts from August 6, 2017

गोरखापत्र २०७४ साउन २५

<font color="red"><font size="99"><b>वस्तुगत प्रश्नोत्तर</b></font></font> १. एसियाको बेस्ट इम्लोयर ब्रान्ड अवार्ड– २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ? – <font color="green">चौधरी ग्रुप </font> ( सिँगापुरमा सन् २०१७ अगस्त १ मा वल्र्ड एचआरडी कङ्ग्रेस एन्ड इम्प्लोयर बान्डिङ इन्स्टिच्युटले चौधरी ग्रुपलाई उक्त अवार्ड प्रदान गरेको । ) २. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबैभन्दा सफा सहर भनी कुनलाई घोषणा गरेको छ ? – <font color="green">धनकुटा</font> ( मन्त्रालयले धनकुटा, इलाम र हेटौँडालाई क्रमशः प्रथम, द्वितीय र तृतीय सफा नगर भनी घोषणा गरेको । ती नगरपालिकालाई क्रमशः १० लाख, ६ लाख र ४ लाख रुपियाँ पुरस्कार प्रदान गरिने । ) ३. बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ? – <font color="green">वि.सं. २०७४ साउन १८</font> – वि.सं. २०७३ वैशाख १ मा शिलान्यास गरिएको यो विमानस्थल शिलान्यास भएको करिब १५ महिनापछ

सूचना अधिकारीको भुमिका

नेपालको संविधानको धारा २७ को प्रभावकारी प्रचलनका लागि निर्मित सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी नियुक्ति गर्नुपर्छ । नेपालमा रहेका ३१ मन्त्रालय, २१ केन्द्रीयस्तरका निकाय, ५४ विभाग र ७५ जिल्लामा रहेका मुख्य ३० वटा जिल्लास्तरीय सरकारी कार्यालयको गणना गर्ने हो भने हामीसँग झन्डै २५ सय सरकारी कार्यालय छन् । यी सबैमा सूचना अधिकारी तोकिएको पुष्टि भएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा मात्रै १५ सय ५३ सूचना अधिकारी तोकिएको नामावली राष्ट्रिय सूचना आयोगमा प्राप्त भएको छ । जसअनुसार ५ साउन २०७३ ५ जना, भदौमा २० जना, असोजमा २० जना, कात्तिकमा २, मंसिरमा ५ र पुसमा ४५ जना सूचना अधिकारी तोकिएको विवरण प्राप्त भएको थियो । त्यसैगरी १ माघ २०७३ मा १ सय ७१ जना, फागुनमा २ सय ४०, चैतमा २ सय ५२, २०७४ वैशाखमा ३३ जना, जेठमा २ सय ३२ जना र असारमा ५ सय २८ जना नियुक्ति भएको जानकारी प्राप्त भएको छ । यी सबै सूचना अधिकारीको नामावली र सम्पर्क नम्बर आयोगको वेबसाइट धधध।लष्अ।नयख।लउ मा राखिएको छ । नागरिकले यही वेबसाइटबाट सूचना अधिकारीको नाम र नम्बर पत्ता लगाई फोनबाट कुराकानी गर्न र इमेल