Skip to main content

Posts

Showing posts from July 9, 2017

इलाम साक्षर जिल्ला घोषित

इलाम, असार २९ गते । सरकारले तोकेको सूचक पूरा गरेसँगै इलामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको साक्षरता प्रतिशत ९७।६ प्रतिशत पुगेकाले साक्षर घोषणा गर्न योग्य मापदण्ड पूरा गरेपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी भएपछि साक्षर घोषणा गरिन्छ । जिल्ला शिक्षा अधिकारी टङ्क गौतमका अनुसार राष्ट्रिय जनगणना २०६८ मा इलामको साक्षरता दर ७७।९ प्रतिशत थियो । साक्षरता प्रतिशत कम भएकाले जिल्लालाई साक्षरता घोषणा गर्न धेरै गृहकार्य गर्नु परेको थियो । मुलुकका ७५ वटा जिल्लामध्ये इलाम ३७ औँ साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा अधिकारी गौतमका अनुसार राष्ट्रिय जनगणना २०५८ अनुसार जिल्लाको साक्षरता ५४ प्रतिशत, २०६८ मा ७७।९ प्रतिशत रहेको थियो । जिल्ला शिक्षा कार्यालयले आव २०६८÷६९ मा सञ्चालन गरिएको साक्षरता अभियानबाट जिल्लाको साक्षरता प्रतिशत ८३।७ प्रतिशत, आव २०६९÷७० मा ९३।७ प्रतिशत, र आव २०७०÷०७१ म ९४।७ प्रतिशत र आव २०७१÷०७२ मा ९७।६ प्रतिशत रहेको थियो । कार्यालयका अनुसार ०६७÷६८ मा देशभर ५१ लाख निरक्षर रहेकामा इलाममा ४० हजार ५२३ निरक्षर पाइएको थियो

यसबर्ष कुल खर्च ७ सय ६१ अर्ब, ४९ लाख : पुँजीगत खर्च ५४ दशमलव ३३ प्रतिशत

अर्थमन्त्रालयको बुधबारसम्मको आंकडा अनुसार यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ८७ अरब ५० करोड ५८ लाख ५२ हजार गरेर कुल ७ सय ६१ अर्ब, ४९ लाख ८९ हजार खर्च भएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बिहिबार भएको छलफलमा अर्थ मन्त्रालयका पदाधिकारीहरुले यसबारे जानकारी दिएका हुन् । बैशाखदेखि हालसम्म स्रोत सुनिश्चितता ४ वटा क्षेत्रमा भौतिक पूर्वाधार मन्त्रालय , संघीय मामिला, स्वास्थ्यमा र सिंचाईमा गरेर कुल ५ अरब ५८ करोड ५९ लाख २३ हजार स्रोतको सुनिश्चता दिएकोमा अहिलेसम्म स्वास्थ्यको १ अर्ब ११ करोड निकासा भइसकेको छ । यस्तै ४ अर्ब ४७ करोड बाँकी रहेको सचिव ढुङ्गानाले जानकारी दिए । मन्त्रालयको विवरण अनुसार चालु खर्च ८१ दशमलव ६७ प्रतिशत भएको छ भने ५४ दशमलव ३३ प्रतिशत पुँजीगत खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ७३ प्रतिशत खर्च भएको छ । स्रोत: रातोपाटी

आर्थिक वर्ष २०७४/०७५ को बजेट पारित, भोलि(असार ३०) नै राष्ट्रपतिबाट प्रमाणित हुने

काठमाडौं : आर्थिक वर्ष २०७४/०७५ को बजेट पारित भएको छ। गत १५ जेठमा सरकाले संसदमा प्रस्तुत गरेको बजेटको विनियोजन विधेयक यसअघि नै पारित भइसकेको थियो भने आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आज(असार २९) पारित भएको हो। यस वर्षको बजेट गत वर्षकै निरन्तरता भएकाले बजेटमा समावेश हुने ऋण तथा जमानत सम्बन्धी विधेयक भने समावेश थिएन। गत वर्षकै बजेटको नियमितता भएकाले ऋण तथा जमानत सम्बन्धी विधेयक पुरानैले काम गर्ने भएकाले सरकारले बजेटका गर्दा तीन वटा मात्र विधेयक प्रस्तुत गरेको थियो। असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण आजै बजेटसम्बन्ध विधेयक पारित गरिएको हो। संवैधानिक व्यवस्थाको परिपालनाका लागि राष्ट्रपतिले भोलि नै विधेयक प्रमाणित गरिसक्ने तयारी छ। हरेक वर्ष साउन एकदेखि बजेट सम्बन्धि विधेयक लागू भइसक्ने संवैधानिक व्यवस्था छ। विगतमा असार मसान्तमा बजेट प्रस्तुत हुँदा भदौ अन्तिम देखि असोजसम्म पारित गर्नमै लाग्ने र गाउँसम्म बजेट पुग्दा आधा वर्ष बित्ने भएकाले बजेटको कार्यान्वयन फितलो भएको भन्दै नयाँ संविधानमा जेठ १५ मै बजेट प्रस्तुत गर्ने मिति किटान भएको हो। संविधानले

‘विकेन्द्रीकरण अवार्ड–२०७३’ स्वशासन अध्ययन प्रतिष्ठानलाई

काठमाडौँ – ‘ विकेन्द्रीकरण अवार्ड–२०७३’ स्वशासन अध्ययन प्रतिष्ठानलाई आज(असार २९) प्रदान गरिएको छ । स्थानीय शासन सञ्चालनको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गर्ने उक्त ‘अवार्ड‘ पहिलोपटक प्रदान गरिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलद्वारा स्थापित उक्त अवार्डको राशि रु तीन लाख रहेको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रबहादुर देउलालाई सो अवार्ड प्रदान गरे । सो अवसरमा उपप्रधानमन्त्री गच्छदारले विकेन्द्रीकरणको सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्न सक्यौं भने यसले लोकतान्त्रको जगलाई बलियो बनाउने बताउँदै यो अवार्डले नेपालमा विकेन्द्रीकरणको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कार्यमा मन्त्रालय लागिपरेको छ, भने । प्रतिष्ठानका अध्यक्ष देउलाले स्थानीय स्वशासन प्रवद्र्धनका क्षेत्रमा अझ सशक्त भएर कार्य गर्न यो अवार्डले हौसला प्रदान

आर्थिक र राष्ट्र ऋण विधेयक पारित, साउनदेखि नै बजेट कार्यन्वयन हुने

काठमाडौँ – व्यवस्थापिका–संसद्को आज(असार २९)को बैठकले ‘आर्थिक विधेयक, २०७४’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ । आगामी आव २०७४/७५ को बजेटसँग सम्बन्धित तीन वटै विधेयक संसद्बाट पारित भएपछि साउन १ गतेदेखि नयाँ बजेट कार्यान्वयनमा आउने छ । बैठकमा दुवै विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासका काम र आर्थिक क्रियाकलाप तीव्रताका साथ अघि बढाउन राष्ट्र ऋण उठाउनु आवश्यक भएको बताए । चालु आवमा रु एक खर्ब ११ अर्ब राष्ट्र ऋण उठाउने प्रस्ताव गरिएकामा रु ८८ अर्ब मात्र उठाइएको जानकारी दिँदै उनले लगानी प्रवाहमा सहयोगका लागि पनि राष्ट्र ऋण उठाउनुपर्ने स्पष्ट पारे । प्रस्तुुत संशोधन प्रस्तावलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले कार्यान्वयन गर्न कठिन छ भन्दै संशोधन प्रस्ताव फिर्ता लिन मन्त्री कार्कीले संशोधनकर्ता सांसदसँग आग्रह गरेको थियो । यसअघि सो विधेयकका सम्बन्धमा सांसद प्रेम सुवाल र डिल्लीराज काफ्लेले दर्ता गराएको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको निधन

सेन्याङ : लामो समयदेखि जेल जीवन विताइरहेका भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार(July 13) ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अघि मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो। उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेवसाइटमार्फत् सार्वजनिक गरेको छ। उनलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो। स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो। लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनका परिवारजनले अस्वीकार गरेका थिए। चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चालेका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो। त्यसपछि सन् २००९ मा उनलाई ११ बर्षे जेल सजायको घोषणा ग

राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त

असार २९, २०७४ सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । क्षेत्री उपराष्ट्रपति कार्यालय र उर्जा मन्त्रालयमा सचिव भइसक्नुभएको छ । साउन २ मै निजामति सेवाबाट अवकास लिन लाग्नुभएका क्षेत्रीलाई बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो । क्षेत्रीले आजैदेखि कार्यभार सम्हाल्नुभएको छ । स्रोत: अन्नपूर्ण पोष्ट सरकारको 22 औ मुख्य सचिव मा नया व्यक्ती..!! ©-राजेन्द्र किशोर क्षेत्री ©-2074 असार 29 गते बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको ©-मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो । को हुन् मुख्यसचिव भएका क्षेत्री ? सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र ल

हरेक वर्ष वृद्धवृद्धाको संख्या बढ्दै

नेपालमा हरेक वर्ष वृद्धवृद्धाको संख्या बढ्दै गएको छ । औसत आयु वृद्धि, मृत्युदर र जन्मदर घट्दै जान थालेपछि वृद्धवृद्धाको संख्या बढेको हो । नेपालमा अहिले ६५ वर्षभन्दा माथिको जनसंख्या १६ लाख ६० हजार ३ सय ६० छ । आगामी १४ वर्षपछि यो संख्या २२ लाख ८१ हजार २ सय ३८ पुग्ने मन्त्रालयको प्रक्षेपण छ । उत्पादन गर्न नसक्नेको संख्या धेरै अहिले <u> १५ देखि ३९ वर्ष उमेर समूहको संख्या ४४ दशमलव २२ प्रतिशत </u> छ । तर, सन् २०३१ सम्ममा ४३ दशमलव २५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यस्तै, अहिले ४० वर्षभन्दा माथिको संख्या २५ दशमलव ९९ प्रतिशत छ भने सन् २०३१ मा बढेर ३१ दशमलव ३३ प्रतिशत हुने अनुमान छ । मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ८८ लाख २५ हजार ७ सय ९ छ । जसमध्ये सबैभन्दा धेरै १५ वर्षदेखि ३९ वर्षसम्मका १ करोड ६८ लाख ८९ हजार ७ सय ७५ छन् । उत्पादनका हिसाबले कम मानिने ४० वर्षदेखि माथिका उम्मेरका ७४ लाख ९२ हजार ४८ जना मात्र छन् । तर, आगामी १४ वर्षपछि १५ देखि ३९ वर्षका उम्मेर समूहको संख्या १ करोड ४५ लाख ३३ हजार ३ सय २९ जना हुनेछन् । ४० वर्षभन्दा माथिको उम्मेर समूह १ करोड ५२ लाख ६ हज

डी सिने अवार्ड छक्का पञ्जा सर्वोत्कृष्ट चलचित्र

मकवानपुरको हेटौँडामा भएको नवौँ डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रसहित ११ विधामा ‘छक्का पञ्जा’ले अवार्ड जितेको छ । हास्य कलाकारको समूहले अभियन गरेको चलचित्र छक्का पञ्जाबाट उत्कृष्ट अभिनेत्री प्रियंका कार्की, छायाकार पुरुषोत्तम प्रधान, सम्पादक विपिन मल्ल, नवनिर्देशक दीपाश्री निरौला, संवाद दीपकराज गिरी, संगीतकार दीपक शर्मा, नृत्य निर्देशक कविराज गहतराज, खलपात्र दीपकराज गिरी र हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले अवार्ड पाए । छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७४ भने कलाकार शम्भुजित बास्कोटालाई प्रदान गरिएको कार्यक्रममा उत्कृष्ट निर्देशक गाजलुका हेमराज बिसी, उत्कृष्ट अभिनेता जात्राका विपिन कार्की घोषित भए । नवनायकको अवार्ड के म तिम्रो होइन रबाट आर्यन अधिकारी र नवनायिकामा गाजलुबाट श्रृष्टि श्रेष्ठ सर्वोत्कृष्ट भइन् । चरित्र अभिनेता विधामा वीरविक्रमबाट शिशिर राणा र चरित्र अभिनेत्री विधामा के म तिम्रो होइन रबाट गौरी मल्लले अवार्ड पाए । बिपी कोइरालाको कृतिमा आधारित चलचित्र तीन घुम्तीबाट सहअभिनेताको अवार्ड सुशान्त कार्कीले प्राप्त गर्दा सहअभिनेत्रीको अवार्ड म त तिम्रै हुँबाट सुस्मिता