असोज १८, २०७४ राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा कायमै रहेको छ । वल्र्ड इकोनोमिक फोरमद्धारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ का अनुसार नेपाल गत बर्षभन्दा सुचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसियामा भने चौथो स्थानमा नै रहेको छ । विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा नेपाल दक्षिण एसियाको तेस्रो प्रतिस्पर्धी अर्थतन्त्र रहेको थियो । विश्व आर्थिक मञ्चले १ सय ३७ देशमा गरेको तथ्यांक अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल ८८ औं नम्बरमा परेको छ । स्रोत: कारोबार दैनिक प्रथम पाँच १. स्वीजरल्याण्ड २. अमेरिका ३. सिंगापुर ४. नेदरल्यान्ड्स ५. जर्मनी दक्षिण एसिया ४०. भारत ८२. भुटान ८५. श्रीलङ्का ८८. नेपाल ९९. बंगलादेश ११५. पाकिस्तान