Skip to main content

Posts

Showing posts with the label freedom

दार्जिलिङ आन्दोलन; गोर्खाल्याण्ड

यो इस्वी सम्वत् २०१७ सालको जुन महिना हो। कञ्चनजंघाको चुचुरोमा सधैंजस्तै घाम निस्किरहेकै छ। तर त्यसलाई क्यामेरामा कैद गर्नेहरु मानिसहरु भने छैनन्। पूरा उत्तर भारत चर्को गर्मीको मारमा छ। यता, दार्जिलिङमा मानिसहरु स्वेटर र ज्याकेट लगाइरहेका छन्। यो मौसममा देशका विभिन्न भागबाट गर्मी छल्न यहाँ मानिसहरु आउँथे। उत्तरबंगालको पहाडी इलाकाको अर्थव्यवस्थाको मुख्य आधार नै पर्यटन हो। तैपनि दार्जिलिङमा मानिसहरु आ-आफ्नो दोकान बन्द गरेर बसेका छन्। उनीहरु सडकमा छन्। उनीहरु आन्दोलन गरिरहेका छन् र 'वी वान्ट गोर्खाल्याण्ड' अर्थात् छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका छन्। यो क्रममा भएका हिंसामा केही मानिसको ज्यान गइसकेको छ। केही घाइते भएका छन्। प्रहरीले केहीलाई गिरफ्तार गरेको छ। तैपनि मानिसहरु मानिरहेका छैनन्। उनीहरुको आन्दोलन दिनहुँ कडा हुँदै गइरहेको छ। उनीहरुले काम गर्न पाइरहेका छैनन् तैपनि उनीहरुलाई केही चिन्ता छैन। उनीहरु खुशीनै छन्। 'निडर' प्रसिद्ध स्तम्भकार एवम् गोर्खा जनमुक्ति मोर्चाका सल्लाहकार स्वराज थापा यो अस्मिताको लडाइँ भएको बताउँछन्। मानिसहरु आफ्नो पेटको ...