Skip to main content

Posts

Showing posts from September 24, 2017

डोटीका रानाभाट बने लिगलिगे राजा

आश्विन ९, २०७४-आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाट ले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् । नेपाली सेनाका उनले एक घण्टा दुई मिनेटमा दौड पुरा गरेका थिए । उनलाई खेलकुद मन्त्री राजन केसीले श्रीपेच पहिराएर लिगेलिगे दौड २०७४ का बिजेता घोषणा गरे । गोरखाको मर्स्याङ्दी र चेपे दोभानबाट आँपपिपलको लिगलिगकोट दौडेर पहिले पुग्नेलाई बिजेता घोषणा गरि पुरस्कृत गर्ने गरिन्छ । दौडनु पर्ने १३.५ किलोमिटर छ । गत वर्ष ५६ मिनेट १८ सेकेण्डमै दौड पुरा भएको थियो । त्यस्तै नेपाली सेनाकै राम्जी बस्नेत ले एक घण्टा ४ मिनेटमा दौड पुरा गरेर दोस्रो पुरस्कार जितेका छन् । उनले भने ३० हजार ३ सय ५ रुपैंया नगद पुरस्कार पाउने छन् । नेपाली सेनाका सबिन बस्नेत एक घण्टा ५ मिनेट ३८ सकेण्डमा दौड पुरा गरेर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानका उपाध्यक्ष सरोज देवकोटाले बताए । उनले नगद २० हजार दुई सय ५ रुपैंया पुरस्कार पाउने छन् । दौडमा एक सय १७ जना सहभागी थिए । त्यस्तै समावेशी महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएको देवकोटाले जानकारी दिए । उनले ३९ मिनेटमा दौड पुरा गरेर १५ हजा