Skip to main content

Posts

Showing posts from July 2, 2017

दुई सय वर्षको सम्झना कार्ल माक्र्स-२

प्रारम्भमा कार्ल माक्र्सलाई अर्थशास्त्रमा त्यति चासो थिएन । उनी दर्शन र राजनीतिमा रमाएका थिए । बेलायतले उनलाई अर्थशास्त्रको क्षेत्रमा प्रवेश गरायो । बेलायत औद्योगीकृत र प्रगतिशील (?) देश थियो । पुँजीवादी अर्थशास्त्रका शिखर–द्वय भनिने एडम स्मिथ र डेविड रिकार्डो त्यहीँ जन्मेका र हुर्केका थिए । ब्रिटिस म्युजियम दस्ताबेजको संगालोको एक अतुलनीय संस्था थियो । माक्र्सले आफ्नो शोधकार्यलाई अघि बढाउन त्यो राम्रो ठाउँ थियो । एउटा कमी थियो, त्यस पुस्तकालयमा मुख्यरुपेण ग्रेट ब्रिटेनका दस्ताबेज थिए । कार्ल माक्र्सलाई त्यतिले पुगेको थियो । उनले पुँजीवादको विकासको ‘सार्वभौम नियम’ खोज्नुपरेको थियो । त्यो जमाना त्यस्तै थियो । अर्थशास्त्र र समाजशास्त्रसमेत भौतिक विज्ञानसँग प्रतिस्पर्धा गर्दै थिए । वैज्ञानिक नियम बेलायत, फ्रान्स वा जर्मनीका निमित्त अलग–अलग हुने कुरा थिएन । कार्ल माक्र्सको यस्तै विश्वास थियो । कार्ल माक्र्स लन्डन पुग्नासाथ ब्रिटिस म्युजियम पसेका होइनन् । पहिले उनले लन्डनमा बसेर राजनीतिक गतिविधि गर्न खोजे । तर, त्यहाँ आइपुगेका विभिन्न मुलुकका निर्वासित कार्यकर्ता र नेतासँग कसैसँग पनि उनको क