Skip to main content

Posts

Showing posts from June 11, 2017

कन्फेडेरेसन कप आजबाट, यस्ता छन् विशेषता

प्रत्येक महादेशका महादेशिय च्याम्पियनहरुले खेल्ने फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आज(June 18)बाट रसियामा सुरु हुँदैछ। जसमा विश्व विजेता जर्मनी र आयोजक रसियासँगै छ महादेशिय च्याम्पियनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। समूह ए मा रसियासँगै न्यूजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् भने जर्मनी, क्यामरुन, चिली र अष्ट्रेलिया समूह बी मा छन्। यस्ता छन् यस पटकको कन्फेडेरेसन कपको विशेषता -रसियामा खेल्ने ८ टोलीमध्ये एक मात्र पूर्व विजेता मेक्सिको हो। मेक्सिकोले सन् १९९९ मा घरेलु मैदानमा भएको प्रतियोगिता जितेको थियो। सर्वाधिक ४ पटकको च्याम्पियन ब्राजिल भने यसपटक सहभागि छैन। -मेक्सिकोका राफेल मार्क्वेज यस पटक कन्फेडेरेसन कपका लागि घोषित टोलीका सबैभन्दा पाका खेलाडी हुन्। ३८ वर्ष ४ महिनाका मार्क्वज कन्फेडेरसन कप खेल्ने इतिहासकै दोस्रो बढी उमेका खेलाडी हुनेछन्। सन् २००५ मा ट्युनिसियाका गोलकिपर अली बवउमिजेलले ३९ वर्षको उमेरमा खेलेका थिए। यस्तै, मार्क्वेज यसअघि नै कन्फेडेरेसन कप उपाधि जितिसकेका खेलाडी हुन्। -न्यूजिल्याण्डका एन्टोनी हडसन कन्फेडेरेसन कपमा सहभागी सबैभन्दा कम उमेरका प्रशिक्षक ब

नागरिकका गुनासा सुन्नेमा नेपाल संसारकै दोस्रो!

-भानुभक्त ‘तपाईंलाई बधाई दिन फोन गरेको।’ व्यक्तिगत फोनमै कहिलेकाहीँ हेलो सरकारका गुनासा पनि सुन्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले सामान्य उत्तर दिए– धन्यवाद। अनि हत्तपत्त सोधे– के भयो र? ‘एउटा अध्ययनले नेपाल सरकार ट्वीटरमा जनतालाई ‘रेस्पोन्स गर्ने’मा विश्वमै दोस्रो भएछ।’ ‘ए हो र मलाई त थाहै थिएन’, उनी एकछिन रोकिए र फेरि सोधे– तपार्इँले साँच्चै भन्नुभएको कि मजाक गर्नु भएको? ‘नपत्याए लिंक खोलेर हेर्नुस्’ मैले यति भनेपछि उनी आश्वस्त भए। ट्वीप्लोमेसी भन्ने संस्थाले गरेको अध्ययनले संसारमा ट्वीटमार्फत जनताले सोधेका प्रश्न र उनीहरुका गुनासामा जवाफ र प्रतिक्रिया दिनमा नेपाल सरकार दोस्रो भएको देखाएको छ। नेपाल सरकारले डेढ दुई वर्षदेखि हेलो सरकार भन्ने ह्यान्डलमार्फत् जनताका गुनासा र प्रश्नको जवाफ दिँदै आएको छ। उक्त अन्तर्राष्ट्रिय अध्ययनमा नेदरल्यान्ड पहिलो स्थानमा छ भने नेपालपछि अफ्रिकी मुलुक रुवान्डाका राष्ट्रपति छन्। चौथो स्थानमा नर्वेकी प्रधानमन्त्री इर्ना सोल्बर्ग रहेकी छन्। उपाध्यायलाई जस्तै धेरैलाई यो अध्ययनको रिपोर्ट पत्याउन गाह्रो

कतार सङ्कट समाधानको बाटो निस्किएन

एकराज पाठक काठमाडौँ- पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा । तर यतिखेरको अन्योलको पृष्ठभूमि भने बेग्लै छ । उसँग गल्फ क्षेत्रका आफ्नै छिमेकीले सम्बन्ध विच्छेद गरेकाले नयाँ तनाव जन्माएको हो । यसले कतारको उही केही पुरानो घाउमा बसेको खाटा फेरि उप्काइदिएको छ । त्यस समय प्राय पश्चिमा मिडियाबाट बारम्बार आउने समाचार थियो– कतार खाडी राष्ट्र हो त्यसैले उसले विश्वकप जस्तो ठूलो ‘इभेन्ट’ सम्पन्न गर्न सक्दैन । तर आज भने कतार खाडी भएकैले सो विश्वकप आयोजना गर्न नसक्ने भएको होइन कि छिमेकीको असहयोगबीच कसरी त्यो सम्भव होला भन्ने नयाँ बहसको सुरुवात भएको छ । विश्वकप फुटबल संसारकै खेलकूद क्षेत्रको एक महाकुम्भ हो । सन् २०२२ मा कतारले यो महाकुम्भको आयोजना गर्ने एउटा ठूलो र महत्वाकांक्षी अवसर पाएको थियो र त्यो सपना देखिनै रहेको छ । उसले ती सपना पूरागर्ने केही आधारहरु केही त निर्माण पनि गरिरसकेको छ । र कतारजस्तो खाडी राष्ट्रको राजधानी दोहालाई उसले मानवनिर्मित डाँडाहर

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल थपियो

​चितवन २ असार । दुर्लभ वन्यजन्तुको वासस्थान रहेका चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको  क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । यसअघि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल  ९३२ वर्गकिलोमिटर रहेकोमा ३८ बर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२ दशमलव ६३ वर्गकिलोमिटर  भएको उहाँले बताउनुभयो । निकुञ्ज स्थापनापछि क्षेत्रफल बृद्धि भएको यो  दोस्रो पटक  हो । विसं २०७३ सालमा राजपत्रमा प्रकाशित सुचनानुसार नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सिमा हेरफेर गरिएको जनाईएको छ । २०६० सालतिर निकुञ्जको पुर्वी सेक्टरमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सिमा बढाईएको अर्यालले जानकारी दिनुभयो । निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्रफल रहेकोमा त्यसको पाँच बर्ष पछि अर्थात् २०३५ सालमा यसको क्षेत्रफल बढेर ९३२ वर्गकिलोमिटर र अ

२०१७ को म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई

असार १ – सन् २०१७ को म्यान बुकर इन्टरनेशनल पुरस्कार इजरायली लेखक डेभिड ग्रसम्यान ले प्राप्त गरेका छन् । पुरस्कारको राशी पचास हजार पाउण्ड रहेको छ । पुरस्कार पाएसँगै ग्रसम्यान यो पुरस्कार पाउने पहिलो इजरायली लेखक बनेका छन् ।साहित्य तर्फको नोबेल पुरस्कारपछिको ठूलो मानिने बुकर पुरस्कार ग्रसम्यानको पुस्तक ‘अ होर्स वाल्क्स इन्टु अ बार’ का लागि प्रदान गरिएको हो । ग्रसम्यानको यो उपन्यास हिब्रु भाषाबाट जेसिका कोहेनले अंग्रेजीमा अनुवाद गरेकी हुन् । पुरस्कारको रकम भने लेखक र अनुवादक दुबैले बाँड्नेछन् । डेभिड ग्रसम्यान इजरायलका बेस्ट सेलिङ लेखक हुन् । उनका पुस्तकहरु विभिन्न ३६ भाषामा अनुदित भएका छन् । ग्रसम्यानको उपन्याससँगै अन्य एकसय २६ पुस्तकहरु प्रतिष्पर्धामा थिए । एउटा मात्र पुस्तकलाई म्यान बुकर इन्टरनेशनल पुरस्कार दिन थालिएको यो दोस्रो वर्ष हो । गत वर्ष दक्षिण कोरीयाली लेखक हान कांग र अनुवादक देबोरा स्मिथलाई ‘द भेजिटेरियन’ उपन्यासका लागि यो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गरेपछि बेलायतमा कांगको पुस्तकको बिक्री चार सय प्रतिशतले बढेको थियो ।

समूदायको दिगो विकासको लागी सामूदायिक वन

सामान्यतया सामुदायिक वन भनेको समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको सानो वन जसलाई सामुदायिक वन भनेर बुझिन्छ । यसको सम्पूर्ण अधिकार समुदायमा निहित रहेको हुन्छ । सामुदायिक वनको अवधारणा सन् १९७० को दशकबाट आएको अवधारणा हो । नेपालमा सामुदायिक वनको अवधारणा सन् १९७८ मा यसको सुरुवात भएको पाईन्छ । त्यसैले सन् १९७८ लाई सामुदायिक वनका लागि महत्वपूर्ण वर्षका रुपमा मानिन्छ । नेपालमा सन १९८७ मा पहिलो पटक समुदायलाई हस्तान्तरण गरेको वन काभ्रेको पाण्डे गाउँको सामुदायिक वन हो । नेपालमा वन क्षेत्रको संरक्षण र विकास गर्न यहाँको वनलाई सामुदायिक वन, कबुलियति वन, साझेदारी वन, संरक्षित वन, नीजि वन, धार्मिक वन आदिमा वर्गीकरण गरिएको छ । नेपालमा वि.स. २०१३ सालमा नीजि वनलाई राष्टियकरण गरियो र यसको ऐन ल्याइयो नेपालमा सामुदायिक वन कार्यक्रम २०३५ देखि लागू गरियो र यसको अवधारणालाई सर्वप्रथम २०३५ देखि नै कानुनी मान्यता दिइयो । नेपालमा २०२० मा वनक्षेत्र ४५ प्र्रतिशत थियो भने २०३५ मा यो क्षेत्र ४० प्रतिशतमा झ¥यो । नेपालमा साझेदारि वन जम्मा २१ वटा छन भने सामुदायिक वनको संख्या हेर्ने ह

नेपालमा संघियताका चुनौतिहरु

डा. तारानाथ घिमिरे - सङ्घीयताका सम्बन्धमा केही सकारात्मक पक्षहरु रहेतापनि सङ्घात्मक व्यवस्था लागू गरिएका देशहरुमा यसको नकारात्मक पक्षहरुको पनि विश्लेषण भएको पाइन्छ। एउटै सरकारले गर्ने काम दोहोरो खर्च गरेर केबल सेवाको दोहोरो नक्कल गरिने भएको हुँदा सङ्घीयतालाई सेवाका नाममा खर्चिलो व्यवस्था भनिन्छ। सङ्घीयताको उत्पत्तिको हिसाबमा विश्लेषण गर्ने हो भने पनि छरिएर रहेका असुरक्षित शक्तिलाई एकीकरण गरेर मजबुत शक्तिका निर्माणका लागि सङ्घीयताको अभ्यास भएको पाइन्छ। आधुनिक राजनीतिमा सङ्घीयताको इतिहासमा संयुक्तराज्य अमेरिका, स्विट्जरलैन्ड लगायतका मुलुकहरुको इतिहासले छरिएर रहेको असुरक्षित अवस्थालाई जोगाइ एउटा सुरक्षित राज्य निर्माण गर्न अनिवार्य भएका कारणले मात्र ती मुलुकहरुका सङ्घीयताको निर्माण गरिएको प्रष्ट पार्दछ। यस्तो अवस्थामा खास गरेर आर्थिक तथा व्यापारिक अवस्थालई मजबुत बनाउने र सानो र असुरक्षित अवस्थामा रहेको सार्वभौमसत्तालाई सम्पन्न र सुरक्षित सार्वभौमसत्ताको निर्माणका लागि सङ्घात्मक व्यवस्थालाई अपनाइने गरेको इतिहासले पुष्टि गर्दछ। कतिपय एकात्मक राज्यहरु सङ्घात्मक व्यवस्थातर्फ गएका छन्। त्यस्