Skip to main content

Posts

Showing posts from July 30, 2017

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री

काठमाडौं / रास– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री <u>ज्ञानेन्द्रबहादुर कार्की</u>लाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् । उनले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ । स्रोत: राजधानी दैनिक Collected by <a href="https://www.facebook.com/SilentCSanj"> SilentCSanj </a>

लोकसेवा सामान्यज्ञान

पहिलो दिन ___________ १) Big Bang Theory को द्धारा अघि सारिएको हो ? सर जेम्स जिम्स द्धारा २) Heliocentric Theory का प्रतिपादक को हुन् ? निकोलस कोपर्निकस पोल्याण्ड(सन् १५४३) ३) वर्तमान मानव भुगोलका जनक ? Friedrich Ratzel ( Germany ) ४) एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक ? बेरिङ ५) अफ्रिकाको सबैभन्दा लामो पर्वत श्रंखला कुन हो ? एटलास पर्वत ६) विश्वको सबैभन्दा ठुलो गुम्वज ? एस्ट्रोडम ( उ . अमेरिका ) ७) विश्वको उचाइमा रहेको राजधानि सहर ? लापाज ( बोलिभिया ) ८) अन्टाकर्टिकाको सबै भन्दा लामो हिमनदि कुन हो ? ल्याम्वर्ट हिमनदि ९) युरोपको लामो पर्वत श्रंखला कुन हो? आल्पस १०) अष्ट्रेलीयाको नुनिलो पानिको ताल भनेर कुन ताललाई चिनिन्छ ? आईरा ताल ११) ताकाकावा झरनाको उचाई कति छ ? ५०३ मिटर १२) ग्रहका वायु कति प्रकारका हुन्छन् ? ३ १३) नेपालमा मनसुनि वायुको सुरुवात कहाँबाट हुन्छ ? पूर्वि नेपाल १४) मुगु कर्णाली नदिको उद्गम स्थल कहाँ हो? लद्धाख हिमाल १५) भोट मुल भएका नदिहरुको संख्या कति छ ? ६ वटा १६) जगडुल्ला ताल कुन जिल्लामा पर्छ? डोल्पा १७) पोकली झरना कुन जिल्ला

चौधरी ग्रुप एसियाको बेस्ट इम्प्लोयर ब्रान्ड अवार्डबाट सम्मानित

चौधरी ग्रुपलाई एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड’बाट सम्मानित गरिएको छ । सिंगापुरको ले–मेरिडियनमा मंगलबार वल्र्ड एचआरडी कंग्रेस एन्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्वारा आयोजित कार्यक्रममा गु्रपलाई उक्त अवार्ड प्रदान गरिएको हो । वल्र्ड एचआरडीले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संसाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्रान्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाएको छ । स्रोत: राजधानी दैनिक Collected by SilentCSanj

के हो सुनौला हजार दिन ?

कुपोषण हटाउने उद्देश्यले गर्भवती र दुई वर्षमुनिका बच्चाहरूलाई लक्षित गरी युएसएआइडीको लगानीमा ६ वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । सुरुमा सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम अहिले हेलेन केलर इन्टरनेसनलले सञ्चालन गरिरहेको छ । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । युएसएआइडीले पहिलो कार्यक्रममा सेभ द चिल्ड्रेनमार्फत दोलखाको ग्रामीण विकास टुकी संघसँग समन्वय गरी सञ्चालन गरेको थियो भने अहिले स्थानीय संस्था टुकी संघ नै रहने गरी हेलेन केलर इन्टरनेसनलमार्फत दोलखामा सञ्चालन गरिरहेको छ । अन्य केही जिल्लामा भने विश्व बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयमार्फत पनि सञ्चालन भइरहेको छ ।

अन्तर्राष्ट्रिय बाघ दिवस : संख्या केही बढ्यो, चुनौती झन थपिँदै

साउन १४ – <font color = "red"> सातौं अन्तर्राष्ट्रिय बाघ दिवस </font color = "red"> शनिबार (साउन १४ ) विभिन्न कार्यक्रम गरी मनाईदै छ । दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विविध कार्यक्रम गर्दैछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले <font color = "red"> जुलाई २९ </font color = "red"> लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य पनि निर्धारण गरेको थियो । विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् । नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको देखिएको छ । संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा बाघको संख्या बढ्दै गएको हो । चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र