Skip to main content

Posts

Showing posts from June 25, 2017

निजामती कर्मचारीलाई बिदासम्बन्धी व्यवस्था

निजामती सेवा ऐन ,2049 काे दफा परिच्छेद 10 दफा 71 र 71 क तथा निजामती सेवा नियमावली 2050 काे नियम 56 देखि नियम 62 क सम्म निजामती कर्मचारीले पाउने विदाहरु वारेमा उल्लेख्य गरिएको छ । जुन विदाहरु देहायवमाेजिम रहेका छन - क. भैपरि अाउने र पर्व विदा - प्रत्येक बर्ष 6+ 6=12 दिन ख. घर बिदा - काम गरेकाे 12 दिनकाे 1 दिनका दरले ग. बिरामी बिदा - प्रत्येक वर्ष 12 दिन घ. प्रसुति बिदा - अघिपछि गरि 98 दिन ङ. प्रसुति स्याहार बिदा - अघि वा पछि 15 दिन च. किरिया बिदा - 15 दिन छ. अध्ययन बिदा - एकैपटक वा पटकपटक गरि 3 वर्ष ज. असाधारण बिदा - एक पटकमा1बर्षनबढाई 3ब. झ. बेतलवि बिदा - एकै पटक वा पटकपटक गरि बर्ष ।

चीन शासित हंगकंगबारे जानकारी

ब्रिटेनले हंगकंगको शासन चीनलाई हस्तान्तरण गरेको शनिबार २० वर्ष पुगेको छ। त्यस विषयमा तपाईँले थाहा पाउनैपर्ने कुराहरु निम्न बमोजिम छन्। किन हंगकंग चीनलाई हस्तान्तरण गरियो? सन् १८४२ मा पहिलो अफिम युद्धमा चीनलाई पराजित गरेपछि ब्रिटेनले सन् १८४२ मा पहिलो पटक हंगकंग टापु आफ्नो नियन्त्रणमा लियो। दोस्रो अफिम युद्धपछि सन् १८६० मा बेइजिङ कोवलुनबाट समेत पछि हट्न बाध्य भयो। उक्त भू-भाग हंगकंग टापुको विपरीतमा रहेको मूलभूमिमा थियो। सो क्षेत्रमा आफ्नो नियन्त्रण बलियो बनाउन सन् १८९८ मा ब्रिटेनले 'न्यु टेरिटोरिज' भनिने थप भूमि भाडामा लिने निर्णय गर्यो र ९९ वर्षपछि त्यो चीनलाई फिर्ता दिने वाचा गर्यो। ब्रिटेनको शासन अन्तर्गत हंगकंगमा तीव्र विकास भयो र यो विश्वको एउटा प्रमुख आर्थिक र व्यापारिक केन्द्र बन्यो। र, सन् १९८२ मा लण्डन र बेइजिङले उक्त भू-भाग चीनलाई फिर्ता गर्नेबारे कठिन वार्ता प्रकिया शुरु गरे। त्यसबेलासम्ममा सन् १९४९ देखि तानाशाही एक दलीय कम्युनिष्ट शासन प्रणाली रहेको चीनको मुख्यभूमिभन्दा हंगकंगको राजनीतिक र आर्थिक प्रणाली व्यापक फरक ढंगले विकास भइसेकेको थियो। हंगकंगको भविष्यब

फिफा, एएफसी, एन्फा (FIFA, AFC, ANFA)

फिफा (FIFA) ========= #.  स्थापना----> २१ मे, १९०४ #. हेडक्वार्टर----> जुरिच, स्वीटजरल्याण्ड #. मोटो ----> फर द गेम, फर द वर्ल्ड #. अध्यक्ष ---> जियानी इन्फान्टिनो #. सिनियर उपाध्यक्ष---> एन्जेल मारिया भिलेर #. उपाध्यक्ष ---> ५ जना #. महासचिव ---> फतिमा समोरा #. सदस्य संख्या---> २११ #. क्षेत्रिय फुटबल संघ ----> ६ वटा #. फिफाका जन्मदाता---> जुलियस रिमेट एशियन फुटबल महासंघ(AFC) ==================== #. स्थापना--> ८ मे, १९५४ #. हेडक्वार्टर---> क्वालालम्पुर, मलेसिया #. सदस्य संख्या---> ४७ वटा #. मोटो---> वन एशिया वन गोल #. अध्यक्ष---> सलमान विन ईब्राहिम अल खलिफा #. महासचिव ---> जोन पौल वीन्डसोर #. उपाध्यक्ष --> ५ जना #. अभिभावक संगठन---> फिफा #. नेपालको फिफा अफिलेसन---> सन १९७२ #. नेपालको एएफसी अफिलेसन---> सन १९५४ अल नेपाल फुटबल एसोसिएसन(ANFA) =========================== #. स्थापना---> सन १९५१ #. अध्यक्ष ---> नरेन्द्र श्रेष्ठ #. प्रशिक्षक ---> ग्योटुको कोजि(जापान) #. FIFA सदस्यता ---> सन १९७

हालसम्मका मदन पुरस्कार विजेता

(स्मरण रहोस वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो भने २०१३ देखि वितरण सुरु भयो। ) वि.सं. २०७३: धृतराष्ट्र घनश्याम कँडेल वि.सं. २०७२ एेना रामलाल जोशी वि.सं २०७१ :- ख़ुशी विजयकुमार पाण्डे वि.सं. २०७०: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल वि.सं. २०६९: दमिनी भीर – राजन मुकारुङ वि.सं. २०६८: सेतो धरती – अमर न्यौपाने वि.सं. २०६७: जीवन काँडा कि फूल – झमक घिमिरे वि.सं. २०६६: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद वि.सं. २०६५: एक हातको ताली – युवराज नयाँघरे वि.सं. २०६४: अन्तर्मनको यात्रा – जगदीश घिमिरे वि.सं. २०६३: छापामारको छोरो – महेशविक्रम शाह वि.सं. २०६२: राधा – कृष्ण धारावासी वि.सं. २०६१: पल्पसा क्याफे – नारायण वाग्ले वि.सं. २०६०: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द वि.स

महिला क्रिकेटबारे कम थाहा भएका ९ तथ्य

महिला एक दिवसीय विश्व कप क्रिकेट प्रतियोगिता हाल इङ्गल्याण्डमा जारी छ। यसै मेसोमा सम्वाददाता आदेशकुमार गुप्ताले महिला एक दिवसीय क्रिकेटबारे कम थाहा भएका रोचक ९ तथ्य पस्किएका छन्: 1. पहिलो महिला विश्व कप क्रिकेट प्रतियोगिता पहिलो पुरुष विश्व कप क्रिकेट प्रतियोगिताभन्दा दुई वर्ष पहिले नै खेलाइएको थियो। उक्त प्रतियोगिता सन् १९७३ मा इङ्गल्याण्डमा भएको थियो। पुरुष विश्व कप क्रिकेट भने इङ्गल्याण्डमै सन् १९७५ मा शुरु भयो। 2. सन् १९७३ को प्रतियोगितामा नक आउट राउण्ड थिएन। घरेलु टोली इङ्गल्याण्डले अंकको आधारमा प्रतियोगिता जितेको थियो। उसले ६ मध्ये ५ खेल जितेको थियो। सो प्रतियोगितामा भारत सहभागी थिएन। 3. महिला विश्व कप क्रिकेटको दोस्रो प्रतियोगिता भारतमा भएको थियो। जबकि भारतले पुरुष विश्व कप प्रतियोगिता भने पहिलोपटक सन् १९८७ मा मात्र आयोजन गर्यो। 4. सन् १९८२ को विश्व कप फाइनल खेलको अम्पायर डिकी बर्ड थिए। पुरुष तथा महिला विश्व कप फाइनल दुवै खेलमा अम्पायर बन्ने सौभाग्य प्राप्त उनी पहिलो अम्पायर हुन्। 5. अष्ट्रेलियाकी बेलिण्डा क्लार्क एक म्याचमा सबभन्दा धेरै व्यक्तिगत स्कोर बनाउने खेलाडी हुन्।