Skip to main content

काठमाडौं तराई द्रुतमार्ग (फास्टट्र्याक)

काठमाडौं- नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९९ सय वटा पुल बनाइने भएको छ ।
द्रुतमार्गका कुल ७६.२ किलोमिटरमध्ये पुल ९.६ किलोमिटर र सुरुङ १.३५ किलोमिटर रहने सेनाले जनाएको छ । सेनाले व्यवस्थापिका संसद्को विकास समितिसमक्ष सो जानकारी गराएको हो । सरकारले गत वैशाख २१ गते सेनालाई उक्त मार्ग बनाउने दिने निर्णय गरेपछि सेनाले लगत्तै काम थालेको थियो ।
सेनाका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडका अनुसार पाँच ठाउँमा शिविर स्थापना गरेर फास्ट ट्र्याक निर्माण गर्न थालिएको बताए । ‘तत्कालका लागि पाँच स्थानमा शिविर खडा गरेर काम सुरु गरिसकेको छौं । त्यसका लागि एक सय ७३ वटा उपकरण प्रयोगमा ल्याइएको छ,’ खाँडले समिति बैठकमा भने, ‘सातवटा पुल ठूला हुनेछन् ।’ उनका अनुसार गंगटेदेखि रातमाटेसम्म १.३५ किलोमिटरको सुरुङ बनाइनेछ ।
सेनाले मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने, वागदेव (निजगढ) गरी पाँच ठाउँमा शिविर खडा गरेको छ । सडक निर्माणका लागि ‘कन्सल्ट्यान्ट’ नियुक्ति र ठूला पुल निर्माणका लागि प्रावधिक छनोट प्रक्रिया सुरु भइसकेको नेपाली सेनाले जनाएको छ ।
रक्षामन्त्री भीमसेनदास प्रधानले छनोट प्रक्रियामा सकेसम्म नेपाली प्राविधिकलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । ‘विदेशमा पनि उत्कृष्ट कार्यसम्पादन गरिसकेका नेपाली प्रावधिक देखिएका छन् । उनीहरूलाई स्वदेश भिœयाएर प्राविधिक सल्लाह लिन सकिन्छ, यसमा बढी जोड गर्नुहोस्,’ मन्त्री प्रधानले भने ।
ललितपुरको खोकनादेखि बाराको निजगढस्थित महेन्द्र राजमार्गसम्म दु्रतमार्गको कुल लम्बाइ ७६.२ किलोमिटर रहनेछ ।  काठमाडौंमा चार किलोमिटर, ललितपुरमा ७.९ किलोमिटर, मकवानपुरमा ५६.७ किलोमिटर र बारामा ७.६ किलोमिटर रहनेछ । मैदानी भूभागमा २५ मिटर र पहाडी इलाकामा २३ मिटर चौडाइ रहनेछ । दु्रतमार्ग चार वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य छ ।
सेनाले योजना अवधिभर १० वटा शिविर निर्माण गरेर काम सक्ने सेनाको योजना छ । चालु आर्थिक वर्षमा मुआब्जा वितरण, आवश्यक थप उपकरण, औजार र बन्दोबस्तीका सामग्री उपलब्ध गराइनेछ । यसका लागि एक अर्ब ३५ करोड विनियोजन गरिएको छ ।
काठमाडौंका छैमले, सोखेल, फर्पिङ, भीमसेनस्थानको मुआब्जा वितरण गरिएको तथा चोभार र भूतखेलको बाँकी रहेको छ । यसैगरी ललितपुरको घुसेलमा शतप्रतिशत, सैंबुमा ३५.५ प्रतिशत, खोकनामा १५.७ प्रतिशत, बुङ्मतीमा १९.९ प्रतिशत र डुकुछापमा ४८.३ प्रतिशत मुआब्जा वितरण गरिएको छ ।
मकवानपुरका नम्बरी जग्गाको ९० प्रतिशत मुआब्जा वितरण गरिएको र ऐलानी तथा घरगोठको मुआब्जा निर्धारण गर्न बाँकी रहेको सेनाले जनाएको छ ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले द्रुतमार्ग निर्माणका लागि कार्यतालिकासहितको कार्ययोजना १५ दिनभित्र पेस गर्न सेनालाई निर्देशन दिएका छन् । ‘कुल रकम कति लाग्ने, कहाँकहाँ कुनकुन शीर्षकमा खर्च हुने र कसरी काम गर्ने भन्ने बारेमा बुदाँगत रूपमा पेस गर्न निर्देशन दिन्छौं,’ अधिकारीले भने ।
कुल एक हजार ९७ किलोमिटर सडक बनाएको नेपाली सेनासँग ३४ वटा पुल निर्माण गरेको अनुभव छ । यस्तै सेनाले हाल ६ सय एक किलोमिटर सडक निर्माणको जिम्मा लिएको छ । अग्ला पुल बनाएको अनुभव सेनासँग नभएको भन्दै समितिका सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।
भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले काम गर्दै जाँदा सेनाले अनुभव हासिल गर्दै जाने बताएका छन् ।
स्रोत:
http://www.nagariknews.com/news/27490/

Collected by SilentCSanj

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How can I

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj