(परासी तराई र नवलपुर भित्री मधेसमा)
२५ भदौ, काठमाडौं । रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्लाको वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको छ ।
रामेछाप, धादिङ, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको वर्गीकरणमा परेका थिए ।
संसदको विकास समितिले आइतबार(भदौ २५) पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ ।
रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् ।
नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई तराई र नवलपुर क्षेत्रको जिल्लालाई भित्री मधेसमा वर्गीकरण गरिएको विकास समितिका सदस्य गणेश पहाडीले जानकारी दिए ।
२०७४ भदौ २५ गते १४:४४ मा प्रकाशित
स्रेात: अनलाइन खबर
Collected by SilentCSanj
Comments
Post a Comment