Skip to main content

डोटीका रानाभाट बने लिगलिगे राजा

आश्विन ९, २०७४-आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाटले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् ।
नेपाली सेनाका उनले एक घण्टा दुई मिनेटमा दौड पुरा गरेका थिए । उनलाई खेलकुद मन्त्री राजन केसीले श्रीपेच पहिराएर लिगेलिगे दौड २०७४ का बिजेता घोषणा गरे । गोरखाको मर्स्याङ्दी र चेपे दोभानबाट आँपपिपलको लिगलिगकोट दौडेर पहिले पुग्नेलाई बिजेता घोषणा गरि पुरस्कृत गर्ने गरिन्छ । दौडनु पर्ने १३.५ किलोमिटर छ । गत वर्ष ५६ मिनेट १८ सेकेण्डमै दौड पुरा भएको थियो ।
त्यस्तै नेपाली सेनाकै राम्जी बस्नेतले एक घण्टा ४ मिनेटमा दौड पुरा गरेर दोस्रो पुरस्कार जितेका छन् । उनले भने ३० हजार ३ सय ५ रुपैंया नगद पुरस्कार पाउने छन् । नेपाली सेनाका सबिन बस्नेत एक घण्टा ५ मिनेट ३८ सकेण्डमा दौड पुरा गरेर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानका उपाध्यक्ष सरोज देवकोटाले बताए । उनले नगद २० हजार दुई सय ५ रुपैंया पुरस्कार पाउने छन् । दौडमा एक सय १७ जना सहभागी थिए ।
त्यस्तै समावेशी महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएको देवकोटाले जानकारी दिए । उनले ३९ मिनेटमा दौड पुरा गरेर १५ हजार ५ सय पुरस्कार पाएकी छिन् । गत वर्ष पनि श्रेष्ठले ४० मिनेट दुई सेकेण्डमा दौड पुरा गरेर प्रथम भएकी थिईन् । नेपाली सेनाकी सानुमाया कार्की द्धितीय र मिरा श्रेष्ठ तृतीय भइन् । उनीहरुले क्रममा १० हजार ५ र ५ हजार ५ रुपैंया पुरस्कार पाउने छन् । कार्कीले ४५ मिनेट र श्रेष्ठले ४८ मिनेटमा दौड पुरा गरेका थिए । महिलाहरुले उक्त समयमा ५ किलोमिटर दुरी तय गरेका हुन् ।
स्थानीयबासीतर्फ दौडमा पालुङटारका अमिर सिंह पहिलो, सुर्यबहादुर बिक दोस्रो र राजन नेपाली तेस्रो भएका छन् । उनीहरुले पनि समावेशी महिलातर्फको जस्तै पुरस्कार राशि पाएका छन् । नेपाल एकीककरण अघिको बाईसे चौविसे साना राज्यहरु मध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्रय पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।
वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुन: निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदय पछि तत्कालिन समयमा दौडको अन्त्य भएको थियो । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर बिजयी भई राजा भएको जनविश्वास छ ।
Source: eKantipur.com

Comments

  1. Casinos Near Casinos Near Casinos Near Casino Vicksburg
    A 경상북도 출장안마 map showing casinos and other gaming 계룡 출장마사지 facilities 논산 출장샵 located 서귀포 출장마사지 near Casinos Vicksburg, located in Vicksburg at 856-3500, with 17 nearby 전주 출장샵 casinos,

    ReplyDelete

Post a Comment

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj

के हो सुनौला हजार दिन ?

कुपोषण हटाउने उद्देश्यले गर्भवती र दुई वर्षमुनिका बच्चाहरूलाई लक्षित गरी युएसएआइडीको लगानीमा ६ वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । सुरुमा सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम अहिले हेलेन केलर इन्टरनेसनलले सञ्चालन गरिरहेको छ । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । युएसएआइडीले पहिलो कार्यक्रममा सेभ द चिल्ड्रेनमार्फत दोलखाको ग्रामीण विकास टुकी संघसँग समन्वय गरी सञ्चालन गरेको थियो भने अहिले स्थानीय संस्था टुकी संघ नै रहने गरी हेलेन केलर इन्टरनेसनलमार्फत दोलखामा सञ्चालन गरिरहेको छ । अन्य केही जिल्लामा भने विश्व बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयमार्फत पनि सञ्चालन भइरहेको छ ।