नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवाहरु कामको खोजिमा बिशिन्छन् । ठूलो संख्यामा युवा शक्ति पलायन भइरहँदा देशके अर्थतन्त्र नै रेमिट्यान्समा भर पर्न थालेको छ ।
हालै मात्रै संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको एक रिपोर्टमा नेपाल रेमिट्यान्समा भर पर्ने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा देखिएको छ।
संयुक्त राष्ट्रसंघको कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको झण्डै ३२ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत स्वदेश भित्रने गरेको छ । नेपालमा वाषिर्क ६ खर्बभन्दा धेरै रकम रेमिट्यान्समा रुपमा भित्रिन्छ ।
त्यस्तै लिबेरीया रेमिट्यान्समा भरपर्ने राष्ट्रहरुको सूचीमा दोस्रो स्थानमा परेको छ । यसले कुल गाह्रस्थ उत्पादनको ३१ प्रतिशत बराबरको रकम रेमिट्यान्सबाट भित्र्याउँछ ।
त्यस्तै कुल गाह्रस्थ उत्पादनको ताजिकिस्तानले २९, किर्गिस्तानले २६ र हाइटिले २५ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत भित्राउने गरेका छन् ।
विकसित राष्ट्रमा यसरी विदेशी कामदारको माग झनै बढ्दै जाने यो रिपोर्टका प्रमुख लेखक पिर्दाे दि भास्कोसेलोस् बताउँछन् । उनले भने ‘विदेशमा काम गर्न गएका कामदारको परिवारको भविश्य रेमिट्यान्सका कारण राम्रो हुने देखिन्छ । ‘
विदेशमा काम गर्न गएका लगभग प्रत्येक युवाहरुले स्वदेशमा पैसा पठाउँछन् । आखिर यसरी विश्वभर रहेका कामदारले स्वदेशमा कति रकम पठाउँछन् होला त ? आइएफएडीका अनुसार २०१६मा विश्वभरबाट रेमिट्यान्सको रुपमा स्वदेशमा पठाइएको रकम कुल ४ सय ४५ बिलियन (४ हजार ५ सय अर्ब रुपैयाँ) अमेरीकी डलर बराबर रहेको छ ।
एक दशकमा यसमा झण्डै ५१ प्रतिशले बृद्धि भएको छ । यो वर्ष झण्डै ५ बिलियन अमेरीकी डलर बराबरको रकम बढ्ने आइएफएडी ले जनाएको छ ।
अहिले २ सय मिलियन कामदारहरुले विदेशमा काम गरेर ८ सय मिलियन परिवार बराबर पालिरहेका छन् ।
आइएफएडीका अध्यक्ष गिलबर्ट हुङ्बोल भन्छन् ‘अमेरिकी डलर २ सय वा तिन सय रुपैया एक जना विदेशमा काम गर्ने कामदारले स्वदेशमा पठायो भने त्यसले परिवारको आम्दनीको झण्डै ६० प्रतिशत हिस्सा ओगट्छ, जसले उनिहरुको दैनिक जीवनयापानमा ब्यापक परिवर्तन ल्याइदिएको हुन्छ । ‘
सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने राष्ट्रमा भारत पहिलो स्थानमा रहेको छ । यसले गत वर्ष सन् २०१६ मा ६३ बिलियन अमेरीकी डलर बराबरको रकम रेमिट्यान्स भित्र्याएको थियो । केहिवर्ष अघिसम्म चीन सबैभन्दा बढी रेमिट्यान्स भित्राउने राष्ट्रमा थियो ।
सन् २००७ मा चीनले ३८.५ बिलियन बराबरको रकम रेमिट्यान्समार्फत भित्र्याएको थियो भने भारतले ३७.२ बिलियन रकम भित्राएको थियो । तर अहिले भने भारत भन्दा चीनले झन्डै २ बिलियन कम रकम रेमिट्यासबाट भित्राएको छ ।
तर, भारतले यसरी रेमिट्यान्समार्फत भित्राएको रकम देशको अर्थतन्त्रमा सुधार गर्नलाई भने सानो मात्रै भूमिका खेल्छ । भारतको कुल गाह्रस्थ उत्पादनको झण्डै ३ प्रतिशत बराबरको रकम रेमिट्यान्स मार्फत भित्रन्छ ।
सन् २०१६ मा सबैभन्दा बढी रकम रेमिट्यान्स मार्फत भित्र्याउने देशमा चीन दोस्रो स्थानमा रहेको छ । जसले गत वर्ष ६१ बिलियन अमेरीकी डलर बराबरको रकम रेमिट्यान्सबाट भित्र्याएको थियो ।
रेमिट्यान्स भित्राउनेमा तेस्रो राष्ट्रमा भने फिलिपिन्स छ, जसले गत वर्ष २९.९ बिलियन अमेरीकी डलर भित्र्याएको छ । त्यस्तै चौंथो देशमा रहेको मेक्सिकोले २८.५ बिलियन र पाकिस्तानले १९.८ बिलियन अमेरकी डलर बराबरको रकम भित्र्याएको छ ।
२०७४ असार ४ गते १८:५९ मा प्रकाशित
स्रोत: Onlinekhabar.com
Comments
Post a Comment