काठमाडौं / रास– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री <u>ज्ञानेन्द्रबहादुर कार्की</u>लाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् ।
उनले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।
स्रोत: राजधानी दैनिक
Collected by <a href="https://www.facebook.com/SilentCSanj"> SilentCSanj </a>
Comments
Post a Comment