Skip to main content

गोरखापत्र २०७४ साउन २५

<font color="red"><font size="99"><b>वस्तुगत प्रश्नोत्तर</b></font></font>
१. एसियाको बेस्ट इम्लोयर ब्रान्ड अवार्ड– २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ?
– <font color="green">चौधरी ग्रुप </font>
( सिँगापुरमा सन् २०१७ अगस्त १ मा वल्र्ड एचआरडी कङ्ग्रेस एन्ड इम्प्लोयर बान्डिङ इन्स्टिच्युटले चौधरी ग्रुपलाई उक्त अवार्ड प्रदान गरेको । )
२. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबैभन्दा सफा सहर भनी कुनलाई घोषणा गरेको छ ?
– <font color="green">धनकुटा</font>
( मन्त्रालयले धनकुटा, इलाम र हेटौँडालाई क्रमशः प्रथम, द्वितीय र तृतीय सफा नगर भनी घोषणा गरेको । ती नगरपालिकालाई क्रमशः १० लाख, ६ लाख र ४ लाख रुपियाँ पुरस्कार प्रदान गरिने । )
३. बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ?
– <font color="green">वि.सं. २०७४ साउन १८</font>
– वि.सं. २०७३ वैशाख १ मा शिलान्यास गरिएको यो विमानस्थल शिलान्यास भएको करिब १५ महिनापछि निर्माण कार्य सुरु भएको । शिलान्यास भएको लामो समयसम्म ऋण सम्झौता कार्यान्वयन नहुँदा निर्माण कार्य सुरु हुन सकेको थिएन ।
– २१ अर्ब रुपियाँ लागत अनुमान गरिएको विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैङ्कबाट रकम उपलब्ध हुने जनाइएको जसमध्ये २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप प्राप्त गर्नेछ भने ७५ प्रतिशत रकम वार्षिक दुई प्रतिशत ब्याज तिर्नुपर्नेछ । २० वर्षको अवधि रहेको ऋणको मुक्तानी प्रक्रिया भने सात वर्षपछि मात्र सुरु हुनेछ । त्यसपछि वर्षको दुई किस्तामा प्राधिकरणले ऋण भुक्तानी गर्दै जानेछ ।
– पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । पछिल्लो समय विमानस्थलका लागि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको र थप ५० रोपनी जग्गा अधिग्रहण गरिनेभएको ।
– विमानस्थल निर्माण सन् २०२१ ज्लार्य सम्ममा सम्पन्न गरिने जनाइएको ।
४. त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाई सम्मानित गर्ने निर्णय गर्यो ?
– <font color="green">तुलसी दिवस</font>
( त्यसैगरी, लेखनाथ काव्य पुरस्कारबाट आरडी प्रभास चटौत र बालकृष्ण सम पुरस्कारबाट भुवन थापा चन्द सम्मानित भएका । पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको । साथै यादव भट्टराईलाई त्रिमूर्ती पुरस्कार र श्रीमती ललिता दोषीलाई त्रिमूर्ति पदक प्रदान गरिएको । पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको । )
५. ‘टी इन्टु टु’ नामक अभियान केसँग सम्बन्धित छ ?
-<font color="green">बाघको संरक्षण</font>
– सन् २०२२ सम्ममा विश्वभर बाघको सङ्ख्या दोब्बर पार्न सञ्चालन गरिएको अभियानलाई ‘टी इन्टु टु’ अभियान भनी चिनिने ।
– सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा सम्पन्न बाघ पाइने १३ मुलुकका सरकार प्रमुख सम्मिलित विश्व बाघ सम्मेलनबाट यस अभियानको थालनी गरिएको ।
– यो अभियान अन्र्तगत नेपालले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२ सय ५०) पुर्याउने लक्ष्य लिएको ।
– सन् २०१० को विश्व बाघ सम्मेलनदेखि नै हरेक वर्ष जुलाई २९ लाई विश्वभरि बाघ दिवसका रुपमा मनाउन थालिएको ।
– आईयूसीएनले बाघलाई सङ्कटापन्न प्रजातिको सूचीमा सूचीकृत गरेको ।
– बाघलाई नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको ।
– बाघ संरक्षणका निम्ति नेपाल सरकारद्वारा पहिलोपटक सन् १९९९ मा र दोस्रोपटक सन् २००७ मा पाँचवर्षे बाघ संरक्षण कार्ययोजनाको सफल कार्यान्वयन पश्चात् हाल बाघ संरक्षण कार्ययोजना २०१६–२०१९ कार्यान्वयनको चरणमा रहेको ।
६. संयुक्त राष्ट्रसङघको महासभाले कुन दिनलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रुपमा मनाउने घोषणा गरेको हो ?
– <font color="green">३० जलाई </font>
( संयुक्त राष्ट्रसङ्घको महासभाले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रुपमा घोषणा गरेको । दक्षिण अमेरिकी मुमुकमा फ्रेन्डसिप डे जलाई अन्तिममा मनाउने गरिएको छ तथापी विश्वका अधिकाशं मुलुकमा अगस्तको पहिलो आइतबारालई नै अन्तर्राष्ट्रिय मित्रता दिवसका रुपमा मनाउने गरिएको छ । )
७. पूर्वी अफ्रिकी देश रुवान्डामा तेस्रोपटक राष्ट्रपति निर्वाचनमा जित हासिल गर्न सफल व्यक्ति को हुन् ?
– <font color="green">पाउल कागमे</font>
( यससँगै ५९ वर्षीय कागमे सन् १९९४ यता लगातार राष्ट्रपति बन्न् सफल भएका छन् । रुवान्डाको आर्थिक वृद्धिदरमा कागमेले निर्वाह गरेको भूमिकाको धेरैले प्रशंसा गरेका छन् । )
८. वि.सं. २०७४ साउन १९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गर्यो ?
– <font color="green">डा. स्वर्णिम वाग्ले</font>
९. हिन्दु दर्शनका प्रखर ज्ञाता खेमराज केशवशरणको निधन कहिले भएको हो ?
– <font color="green">वि.सं. २०७४ साउन १८</font>
१०. आफ्नो देशमा रहेका आप्रवासीलाई स्थायी बसोबास (पर्मानेन्ट रेसिडेन्सी–पीआर) को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडी राष्ट्र कुन हो ?
– <font color="green">कतार (सन् २०१७ अगस्त २)</font>
– कतारको यस कदमबाट त्यहाँ रहेका नेपालीले पनि फाइदा उठाउन सक्ने बताइएको साथै पछिल्लो समय कतार सङ्कटका कारण त्यहाँ जानेको सङ्ख्या घटिरहेको अवस्थामा ल्याइएको यो कार्यक्रमले थप नेपालीलाई समेत आकर्षित गर्ने अनुमान गरिएको । तर पीआरको व्यवस्थाले नेपाली सक्षम युवा उतै पलायन हुने सम्भावना पनि रहेको जनाइएको ।
– पारित नयाँ कानुन अन्र्तगत पीआर कार्ड पाउनेलाई कतारी नागरिक सरह व्यवहार गरिने, राज्यले उपलब्ध गराउँदै आएको शिक्षा, स्वास्थ्योपचार लगायत सबै सामाजिक सुरक्षाका सुविधासमेत पाउने, आफ्नै स्वामित्वमा सम्पत्ति राख्न र स्थानीय साझेदारबिनै निश्चित प्रकारका व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने लगायतका अधिकारको व्यवस्था गरिएको ।
– कतारको यो कदम अहिलेको अवस्थामा रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको विश्लेषण गरिएको ।
– सरकारको यस निर्णयले आप्रवासी कामदारलार्य कतारमा बस्न र त्यहाँ अतिरिक्त लगानी गर्न प्रोत्साहन मिल्ने विश्लेषण गरिएको ।
११. सलहेस संस्कृति पुरस्कार– २०७३ कसलाई प्रदान गरियो ?
– <font color="green">परमेश्वर कापडी</font>
( धीरेन्द्र साहित्य पुरस्कार मैथिली भाषाका स्राष्टा रोशन जनकपुरीलाई प्रदान गरिएको । मैथिली विकास कोष जनकपुरधामद्वारा बर्सेनि दिइने सो पुरस्कारमा जनही रु. ५१ ह्जार रुपियाँ नगद र कदरपत्र रहेको । )
१२. बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को १५ औँ मन्त्रीस्तरीय बैठक कहाँ आयोजना गरियो ?
– <font color="green">काठमाडौँ (वि.सं. २०७४ साउन २६ र २७ मा)</font>
१३. ‘दर्शनको उद्देश्य जीवनको व्याख्या गर्नु होइन, त्यसलाई बदल्नु हो ।’ भन्ने विचारक को हुन् ?
– <font color="green">डा. राधाकृष्णन्</font>
१४. दक्षिण एसियामा स्थानीय सरकार र राजनीतिमा महिला सहभागिता, लैङ्गिक समता एवम् न्यायका लागि महिला अधिकार संरक्षण तथा प्रवद्र्धन विषयक दुईदिने दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
–<font color="green"> वि.सं. २०७४ साउन २२–२३, काठमाडौँ</font>
१५. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विभाजित भई पशुपतिशमशेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको गठन कहिले गरियो ?
– <font color="green">वि.सं. २०७४ साउन २२</font>
१६. २०७४ साउनमा म्युजिक खबर दीर्घ साधना सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ?
–<font color="green"> गीतकार रत्नशमशेर थापा</font>
( छैटौँ म्युजिक खबर अवार्ड कार्यक्रममा म्युजिक खबर दशक स्रष्टा सम्मानबाट गायक शिशिर योगी र गायिका सत्यकला राई सम्मानित भएका । अवार्ड समारोहमा सुगम सङ सङ्गीत तर्फबो गायनमा राकमकृष्ण ढकाल र जुना प्रसाई उत्कृष्ट घोषित भएका । )
१७. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्धको प्रस्ताव कहिले अनुमोदन गर्यो ?
– <font color="green">सन् २०१७ अगस्त ५</font>
( प्रतिबन्धले उत्तर कोरियाको कोइला र फलामको निर्यातमा असर पुग्नेछ साथै उत्तर कोरियामा नयाँ लगानीका लागि सीमा तोकिएको छ । यस प्रतिबन्धमा उत्तर कोरियाको व्यापार र आम्दानीको प्रमुख स्रोत रहेको चीनको पनि समर्थन रहेको जनाइएको छ । )
१८. राजधानीमा सम्पन्न दोस्रो संस्करणको एलजी सिने सर्कल अवार्ड– २०७४ मा बेस्ट फिल्म अफ द इयरको उपाधि कुन चलचित्रले जित्यो ?
– <font color="green">जात्रा</font>
( अभिनेता र अभिनेतृको अवार्ड पनि सोही फिल्मबाट विपिन कार्की र वर्षा राउतलाई प्रदान गरिएको । त्यस्तै यस चलचित्रले निर्देशकको अवार्डका साथै आधा दर्जन विधाको अवार्डलार्य आफ्नो बनाएको । )
१९. इप्पोस पब्लिक अफियर्सद्वारा सन् २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा बढी आशावादी मुलुक कुन हो ?
– <font color="green">चीन</font>
( २७ वटा मुलुकमा गरिएको उक्त सर्वेक्षणमा भारत, साउदी अरेयिबा, दक्षिण कोरिया र क्यानडा सबैभन्दा बढी आशावादी मुलुकको सूचीमा क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन् । )
२०. महिला युरो च्याम्पियन– २०१७ को उपाधि जित्ने राष्ट्र कुन हो ?
– <font color="green">नेदरल्यान्ड्स (उपविजेताः डेनमार्क)</font>
( महिला फुटबलमा नेदरल्यान्ड्सको यो नै पहिलो प्रमुख उपाधिसमेत बनेको । )
२१. हाल नेपालसँग हवाई सेवा सम्झौता भएका राष्ट्रको सङख्या कति पुगेको छ ?
– <font color="green">३८ (३८ औँ राष्ट्रः न्युजिल्यान्ड)</font>
२२. साइटिस स्थापनाको मुख्य उद्देश्य के हो ?
– <font color="green">दुर्लभ जीवजन्तु तथा पशुपक्षीको संरक्षण एवम् सम्बद्र्धन</font>
२३. कास्कीका नौवटा ताल रामसार सूचीमा कहिले सूचीकृत भएका हुन् वि.सं. २०७२ माघ १९ (सन् २०१६ फ्ब्रुअरी २)
– <font color="green">वि.सं. २०७२ माघ १९ (सन् २०१६ फेब्रुअरी २)</font>
(पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुदे, नेउरेनी, दिपाङ र मैदीताललाई रामसारले सामूहिक रुपमा रामसारमा सूचीकृत गरेको औपचारिक प्रमाण २०७२ माघ १९ (सन् २०१६ फ्ब्रुअरी २) मा प्रदान गरिेको हो । सन् १९८७ मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरिएको र सोही समयदेखि नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । सन् १९७१ म इरानको रामसार सहरमा सम्पन्न उन्तर सरकारी महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षणमा केही प्रावधान राख्दै गरेको सन्धिलाई रामसार महासन्धिका रुपमा चिनिन्छ ।)
२४. जिका भाइसर कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ ?
– <font color="green">एडिस एजिप्टाई</font>
( जिका भाइरस लागेमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, आँखामा सङक्रमण हुने हुन्छ । गर्भवती महिलामा यो भाइरसको सङ्क्रमण भए जन्मिएको शिशुको टाउको सानो हुन्छ । भाइरसले गर्भमा रहेको शिशुको मस्तिष्क पूर्णरुपमा विकास हुनदिँदैन । जसका कारण शिशु सुस्त मनस्थितिको हुन्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यसको रोकथाम हो । यो रोगमा गर्भवती महिलाले बढी सावधानी अपनाउनुपर्ने विज्ञले जनाएका छन् । )
२५. हिाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये ‘उन्नत समूह (Advanced Group) मा पर्ने जनजाति कुन हो ?
– <font color="green">थकाली</font>
२६. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाष कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
– <font color="green">द्रविड</font>
२७. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
– <font color="green">मल्ल कालमा</font>
२८. कुन–कुन जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो ?
– <font color="green">दोस्रो र तेस्रो</font>
२९. प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रीसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाँबाट भएको हो ?
– <font color="green">एथेन्स (ग्रीस)</font>
३०. हाल विश्व व्यापार सङ्गठन (WTO) का सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
– <font color="green">१६४</font>
( डब्लूटीओको १६३ औँ सदस्य राष्ट्र लाइबेरिया (१४ जुलाई २०१६) र १६४ औँ राष्ट्र अफगानिस्तान (२९ जुलाई २०१६) हुन् ।)

<font color="red"><font size="99"><b>विषयगत प्रश्नोत्तर</b></font></font>

<font color="blue">१. नेपालको संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा कुन–कुन पक्षमा ध्यान दिनुपर्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।</font color="blue">
नेपालको संविधानको धारा २८६ मा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि सर्वोच्च अदालतको सेवा निवृत्त न्यायाधीशको अध्यक्षतामा नेपाल सरकाले एक निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गर्न सक्ने व्यवस्था छ । निर्वाचनक्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा देहाय बमोजिमका पक्ष आधारमा ध्यान दिनुपर्ने व्यवस्था छ :
– ननसङ्ख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्ने,
– प्रदेशमित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने,
– निर्वाचन क्षेत्र निर्धारण गर्दा निम्न पक्षलाई ध्यान दिनुपर्नेः
क. जनसङ्ख्या र भौगोलिक अनुकूलता,
ख. सो क्षेत्रको जनसङ्ख्याको घनत्व,
ग. भौगोलिक विशिष्टता,
घ. प्रशासनिक एवम् यातायातको सुगमता,
ङ. सामुदायिक तथा साँस्कृतिक पक्ष,
थप केही विषयः
कामको प्रतिवेदन
निर्वाचन क्षेत्र निर्धारण आयोगले आफूले सम्पादन गरेको कामको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्ने, नेपाल सरकार, मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन सङ्घीय संसद् समक्ष प्रेस गर्नुको अतिरिक्त कार्यान्वयनका लागि निर्वाचन आयोगमा पठाउने,
निर्वाचन क्षेत्रको पुनरावलोकन
यसरी निर्धारण भएको निर्वाचन क्षेत्रको प्रत्येक २० वर्षमा पुनरावलोकन गर्नुपर्ने,
अदालतमा प्रश्न उठाउन नपाइने
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण गरिएको र पुनरावलोकन गरिएको विषयमा कुनै अदालतमा प्रश्न उठाउन नपाइने,

<font color="blue">२. सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले के–कस्ता विषयसँग सम्बन्धित सूचना सार्वजनिक निकायले प्रवाह गर्नु नपर्ने व्यवस्था गरेको छ ?</font color="blue">
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ ले प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने व्यवस्था गरे पनि देहायको विषयसँग सम्बन्धित सूचना सार्वजनिक निकायले प्रवाह गर्नु नपर्ने व्यवस्था गरेको छः
क) नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने,
ख) अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,
ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हितवा बौद्धिक सम्पत्तिको संरक्ष्ँण तथा बैङ्किङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने,
घ) विभिन्न जातजाति वा सम्प्रदाय बीचको सुसम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने,
ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जिउ, ज्यान, सम्पत्ति, स्वास्थ्य तथा सुरक्षामा खतरा पुर्याउने,

<font color="blue">३. भारतमा हालै लागू भएको GST सम्बन्धमा उल्लेख गर्नुहोस् ।</font color="blue">
सन् २०१७ जुलाई १ देखि भारत सरकारले देशैभरि लागू गरेको GST को पुरा रुप Goods and Service Tax हो । नेपालीमा वस्तु तथा सेवा कर भनिने GST नेपालमा वि.सं. २०५४ मङ्सिर १ गतेदेखि लागू भएको मूल्य अभिवृद्धि कर (Value Added Tax– VAT) सँग मिल्दोजुल्दो कर हो । नेपालमा लागू भएको मूल्य अभिवृद्धि करमा शून्य दर बाहेक १३ प्रतिशतको एकल दर छ भने भारतमा लागू भएको GST मा शून्य दर बाहेक ५ प्रतिशत, १२ प्रतिशत, १८ प्रतिशत र २८ प्रतिशत गरी चार दर कायम छन् । नेपालमा मूल्य अभिवृद्धि कर लाग्ने बस्तु निकासी गर्दा शून्य दर लाग्ने र निकासीमा कर फिर्ता हुने व्यवस्था छ, त्यसैगरी भारतमा पनि GST लाग्ने वस्तु निकासी गर्दा शून्य दर लाग्ने र कर फिर्ता हुने व्यवस्था गरिएको छ । नेपालमा मूल्य अभिवृद्धि करमा दर्ता सीमा (थ्रेसहोल्ड) रु. ५० लाख छ भने भारतमा हाल लागू भएको GST को थ्रेसहोल्ड भारतीय रुपियाँ ५० लाख कायम छ यसरी नेपालले वि.सं २०५४ सालदेखि लगाउँदै आएको मूल्य अभिवृद्धि करसँग मिल्ने GST भारतले पूर्णरुपमा लागू गरेपछि नेपालको आयात व्यापार थप यथार्थमा आधारित हुने, भन्सार मूल्याङ्कन वास्तविक कारोबार मूल्यमा हुने भई नेपालको मूल्य अभिवृद्धि कर तथा आय कर समेतमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

<font color="blue">४. नेपाली सेनाको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारबारे लेख्नुहोस् ?</font color="blue">
नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र निजका परिवारको कल्याण सम्बन्धी कार्यका लागि प्रधामन्त्री संरक्षक, रक्षा मन्त्री सहसंरक्षक र प्रधान सेनापति अध्यक्ष रहेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम छः
– कल्याणकारी कार्य र तोकिए बमोजिमका आयमूलक कार्य तथा कल्याणकारी योजना तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन गर्ने,
– सैनिक क्रियाकलापमा संलग्न रहँदाको अवस्थामा मृत्यु भएका वा अङ्गभङ्ग भएका सैनिकका परिवारको सम्बन्धमा आवश्यक पर्ने, कल्याणकारी कार्य सम्बन्धी कार्य गर्ने,
– कल्याणकारी कार्य अन्तर्गतका सुविधा तथा सहुलियत घटाउने, बढाउने वा हटाउने,
– कल्याणकारी कार्य, आयामूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधि तथा निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्ने,
– नेपाली सेनाले उपभोग गरिरहेको जग्गा तथा भौतिक पूवार्धारमा नेपाली जङ्गी अड्डासँग सम्झौता गरी कल्याणकारी कार्य गर्ने,
– कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन गर्न आवश्यकता अनुसार प्रशासनिक, आर्थिक तथा प्राविधिक एकाइ गठन गरी सो एकाइका लागि आवश्यक जनशक्ति नियुक्त गरी निजको सेवा, शर्त तथा पारिश्रमिक तोक्ने,
– कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन भएका स्थानको सुरक्षाका लागि आवश्यकता अनुसार बहालवाला सैनिक व्यक्ति खटाउने,
– सैनिक ऐन, २०६३ को अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्ने, खरिद गर्ने, बहालमा लिने, उपयोग गर्ने, तथा बेचविखन गर्ने,
– तोकिए बमोजिमका अन्य कार्य गर्ने,

<font color="blue">५. बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिको काम, कर्तव्य र अधिकार के–के हुन् । लेख्नुहोस् ।</font color="blue">
बैङ्क तथा वित्तीय संस्थाको साधारण सभाबाट हुने काम बाहेक प्रचलित कानुन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क तथा वित्तीय संस्थाले गर्नुपर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहने व्यवस्था बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले गरेको छ । उक्त ऐन अनुसार बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम छ:
– बैङ्क तथा वित्तीय संस्थाले गर्नुपर्ने काम सुव्यवस्थित रुपले सञ्चालन गर्न प्रचलित कानुन तथा राष्ट्र बैङ्कको निर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्ने,
– बैङ्क तथा वित्तीय संस्थाको कारोबारका जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीति अनुरुप बैङ्किङतथा वित्तीय कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवम् जोखिम व्यवस्थापन मापदण्ड तयार गरी लागू गर्ने,
– बैङ्क तथा वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापन गरी निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण सेयरधनीको हितमा बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन गर्ने,
– बैङ्क तथा वित्तीय संस्थामा उपयुक्त संस्थागत सुशासन कायम गरी निक्षेप लिने, कर्जा दिने, लगानी गर्ने, कर्मचराी व्यवस्थापन गर्ने र बजेट खर्च गर्ने जस्ता बैङ्क तथा वित्तीय संस्थाको दैनिक काम कारोबारमा हस्तक्षेप नगर्ने विषयको प्रत्याभूति गर्ने,
– बैङ्क तथा वित्तीय संस्थाले गर्नुपर्ने सम्पूर्ण काम कारबाहीका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, काम कारबाहीको नियमित अनुगमन गरी बैङ्क तथा वित्तीय संस्था व्यवस्थित र विवेकशील तबरबाट सञ्चालन गर्ने गराउने,
– बैङ्क तथा वित्तीय संस्थाको स्पष्ट सङगठनात्मक संरचना तयार गर्ने, नीति तर्जुमा गर्ने र कार्यान्वयन गर्ने,
– बैङ तथा वित्तीय संस्थाको बार्षिक प्रतिवेदन सहितको लेखापरिीक्षण प्रतिवेदन वार्षिक साधारण सभामा पेस गर्ने,
– राष्ट्र बैङकले समय समयमा तोके बमोजिमका अन्य कार्य गर्ने,
साभारः <a href="https://www.gorkhapatraonline.com">गोरखापत्र</a>
<b>Collected by <a href="https://www.facebook.com/SilentCSanj">SilentCSanj </a></b>

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj

के हो सुनौला हजार दिन ?

कुपोषण हटाउने उद्देश्यले गर्भवती र दुई वर्षमुनिका बच्चाहरूलाई लक्षित गरी युएसएआइडीको लगानीमा ६ वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । सुरुमा सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम अहिले हेलेन केलर इन्टरनेसनलले सञ्चालन गरिरहेको छ । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । युएसएआइडीले पहिलो कार्यक्रममा सेभ द चिल्ड्रेनमार्फत दोलखाको ग्रामीण विकास टुकी संघसँग समन्वय गरी सञ्चालन गरेको थियो भने अहिले स्थानीय संस्था टुकी संघ नै रहने गरी हेलेन केलर इन्टरनेसनलमार्फत दोलखामा सञ्चालन गरिरहेको छ । अन्य केही जिल्लामा भने विश्व बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयमार्फत पनि सञ्चालन भइरहेको छ ।