Skip to main content

फ्रान्सको राष्ट्रपतिमा ३९ वर्षका म्याक्रोन निर्वाचित

वैशाख २५ – फ्रान्सको राष्ट्रपतिमा मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित हुनुभएको छ । आइबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले दक्षिण पन्थी उम्मेद्वार मरिन लि पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । म्याक्रोन ६६ दशमलव ०६ प्रतिशत मत ल्याएर विजयी हुनुभएको बिबिसीले जनाएको छ । दक्षिण पन्थी नेतृ लि पेनले ३३ दशमलव ९४ प्रतिशत मत ल्याउनु भएको छ । ३९ वर्षका म्याक्रोन फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपति बन्नु भएको छ । यस्तै फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरुभएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टी भन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बन्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनुभएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताउनुभयो । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उहाँले बताउनुभएको छ । ९३ प्रतिशत भन्दा बढी मतगणना भइसक्दा म्याक्रोनले एक करोड ९३ लाख तथा लि पेनले एक करोड चार लाख मत पाउनु भएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चुनावी अभियानका क्रममा उम्मेद्वारले अर्काकामाथि आरोप प्रत्यारोप गरेका थिए । यसले देश राजनीतिक रुपमा विभाजित अवस्थामा पुगेको छ ।
म्याक्रोन र पेन गएको अप्रिल २३ मा भएको पहिलो चरणको चुनावमा अरु प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो चरणमा पुग्नु भएको थियो । पहिलो चरणको चुनावमा ११ जना प्रत्यासी थिए । मध्यमार्गी म्याक्रोनले व्यावसायिक विस्तार तथा युरोपियन युनियनको सर्मथक रहनु भएको छ ।

स्रोत: उज्यालो अनलाइन

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...