Skip to main content

पाकिस्तानले जित्यो मिनी विश्वकप क्रिकेट


असार ४(June 18), २०७४- पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता जितेको छ । पाकिस्तानले मिनी विश्वकपको उपनाम पाएको यो उपाधि पहिलो पटक जितेको हो । 

३ सय ३९ रनको लक्ष्य पाएको भारत ओवल मैदानमा ३०.३ ओभरमा १ सय ५८ रनमा अलआउट भएपछि परम प्रतिद्वन्द्वीसँगको फाइनलमा लज्जास्पद हार बेहोरेको हो । 

भारतबाट हार्दिक पाण्ड्याले सर्वाधिक ७६ रन बनाए । सातौं नम्बरमा खेल्दै उनले ४३ बल खेली ४ चौका र ६ छक्का प्रहार गरे । तर रवीन्द्र जडेजासँग समझदारी मिलाउन नसक्दा उनी रनआउट भए । पाकिस्तानका मोहम्मद आमिरले सुरुमै ३ विकेट लिई भारतको इनिङ्सलाई तहस नहस बनाए । हसन अलीले पनि ३ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले फाइनलमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ३८ रन बनायो । आफ्नो केवल चौथो वान डे अन्तर्राष्ट्रिय खेल्दै गरेका फाखर जमानले १ सय १४ रन बनाई पाकिस्तानलाई राम्रो स्थितिमा उभ्याए । यो उनको पहिलो वान डे शतक पनि हो । उनले ३ रनमै क्याच दिन पुगेका थिए, तर त्यो नो बल थियो । 

 जमानले ओपनर अजहर अलीसँग पहिलो विकेटमा २३ ओभर भित्र १ सय २८ रन जोडी पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए । अली ७१ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ५९ रनमा रनआउट भए । जमानले त्यसपछि बाबर आजमसँग दोस्रो विकेटमा ७८ रन जोडे ।
 ५२ बल खेली ४ चौका प्रहार गरेका आजमलाई केदार यादवले आउट गरे । पूर्व कप्तान सोएव मलिक १२ रन बनाई भुवनेश्वर कुमारको बलमा आउट भए । मोहम्मद हफिज ५७ र इमाद वासिमले २५ रनको नटआउट इनिङ्स खेल्दै पाँचौं विकेटमा ७१ रनको साझेदारी गरे ।

हफिजले ३७ बल खेली ४ चौका र ३ छक्का तथा वसिमले २१ बल खेली १ चौका र १ छक्का प्रहार गरे ।

आईसीसी च्याम्पियन्स ट्रफि -२०१७
#. बिजेता ----> पाकिस्तान(१८० रनले)
#. उपबिजेता----> भारत
#. सहभागी टिम---> ८ वटा
#. सर्वाधिक विकेटर---> हसन अलि, गोल्डेन बल(पाकिस्तान)
#. सर्वाधिक रन मेकर---> शिखर धवन, गोल्डेन ब्याट(भारत)
#. फाईनल पुग्ने टिम---> भारत र पाकिस्तान
#. आयोजक ----> बेलायत

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...