Skip to main content

अफजल हुसेन वर्षकै सर्वोत्कृष्ट किसान २०७३

कृषि क्षेत्रकै सबैभन्दा ठूलो धनराशी भएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार यसवर्ष सर्लाही पिडारीका माछापालक किसान अफजल हुसेनलाई दिइने भएको छ । यो पुरस्कारका लागि छानिएका हुसेन तेस्रो किसान हुन् ।
यो पुरस्कारको पहिलो संस्करण कैलालीको टिकापुरमा १० विगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएका कालु हमाललाई प्रदान गरिएको थियो भने दोस्रो कास्की लाहाचोकमा ६ करोड लगानीमा भैसीपालन गर्दै आएका किसान इमान बहादुर गुरूङलाई प्रदान गरिएको थियो । सरकारले कृषक र कृषिलाई प्रोत्साहन दिन आर्थिक वर्ष ०७०/७१ को बजेटमार्फत हरेक वर्ष उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । यो पुरस्कार हरेक वर्ष असार १५ गते धान दिवसका दिन काठमाडौंमा प्रदान गरिन्छ ।
त्यसैगरी यस वर्षको १ लाख रुपैया राशी भएको उत्कृष्ट किसान पुरस्कारका लागि चार जना किसान छानिएका छन् । यस्मा
१. बेलहानी नवलपरासीमा तरकारी खेती गर्दै आएका थम बहादुर रजाली मगर,
२. चिपुर डडेल्धुरामा बाख्रा पालन गर्दै आएका खडकसिह विष्ट,
३. कुरुम्बा पाचथरमा सुन्तला खेती गर्दै आएकी इन्द्र कुमारी लावती र
४. माछाको प्रजनन फार्मिङ्ग गर्दै आएका नेपालगंजका सुमेर शमशेर जबरा छन् ।
जेष्ठ १४, २०७४

Comments