काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो।समलिंगी विवाहको कानुन निर्माणको काम भइरहेका बेला समलिंगी जोडीको विवाह दर्ता हुनुलाई महत्वका साथ हेरिएको छ।
कैलालीकी मोनिका शाहीले डडेल्धुराका केटासँग विवाह गरेकी हुन्। उनले डडेल्धुराको परशुराम नगरपालिका १२ का रमेश नाथसँग विवाह गरेकी छन्। कैलालीको लम्किीचुहा नगरपालिका १ की मोनिका शाहीले यस अघि नेपालमै पहिलो पटक <font color ="red">‘अन्य’</font color ="red"> लिंग उल्लेख गरी राहदानी बनाएकी थिइन्। मोनिका र रमेशले गत वैशाख २४ गते सामाजिक परम्परा एवं विवाह दर्ता ऐन २०२८ अनुसार विवाह गरेका थिए। ६ महिना अघि प्रेममा परेका उनीहरुले गत वैशाखमा विवाह गरी श्रीमानरश्रीमतीको साइनोलाई पूर्णता दिएका हुन्।
हाल मोनिका आफूले विवाह गरेका कारण विवाह पूर्व बनाएको नागरिकतामा भएको नाम सच्याउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी छन्। नागरिकतामा उनको नाम मनोज शाही छ। मोनिकाले तेस्रोलिंगी भएको थाहा भएसँगै गरेको लामो संघर्ष पछि मात्रै नेपालमा पहिलो पटक जारी गरिएको अन्य बाट मनोज शाहीको नामबाट राहदानी पाएकी थिइन्। उनले राहदानी प्राप्त गर्नु भन्दा पहिले नागरिकतारराहादानी तथा अन्य फारमहरूमा महिलारपुरुष भनेर मात्र छुट्याइन्थ्यो। अहिले महिला पुरुषसँगै ‘अन्य भनेर राखिने गरेको छ।
परशुराम नगरपालिकामा साउन ६ गते विवाह दर्ता गरेका मोनिका र रमेश नाथ दम्पत्ति नागरिकतामा भएको मनोज नाम सच्याई मोनिका बनाउन प्रशासन कार्यालय डडेल्धुरा पुगेको बताउँछन्। राहदानी, नागरिकता र विवाह दर्तामा मनोज शाही नाम भए पनि आफूले विवाह गरिसकेकाले नाम सच्याइनुपर्ने उनको माग छ। तर उनको पहिलो नाम नै सच्याइनुपर्ने माग भएका कारण सहजै नाम परिवर्तन गर्न भने प्रशासनले मानेको छैन।
प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट कार्यालय बाहिर रहेका कारण पनि उनको नाम सच्याउन नसकिने निमित्त एवं सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी बताउँछन्। ‘मलाई त्यति अधिकार छैन, यसबारे मैले पनि आवश्यक जानकारी लिनु पर्छ, प्रमुख जिल्ला अधिकारीले पनि कानुनी प्रक्रिया बुझेरै नाम परिवर्तनका लागी पहल थाल्नु पर्ने देखिन्छ’, उनले भने, ‘शाहीले पहिले कैलालीबाट पुरुषको नाम मनोज शाहीबाट नागरिकता प्राप्त गरेकाले पहिलो नाम नै परिवर्तन गर्नु पर्ने भनिएको छ, हामी यस सम्बन्धमा कानुन बाहिर रहेर काम गर्न सक्दैनौँ। तर उनको अधिकार प्राप्तिका लागि बाधक बन्दैनौँ।
चाररपाँच दिन भित्र प्रमुख जिल्ला अधिकारी कार्यालयमा उपस्थित भएसँगै उनको काम अघि बढ्ने निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन्।
Source: news24nepal.tv
Collected by SilentCSanj
Comments
Post a Comment