Skip to main content

पचाल झरना बन्यो नेपालकै अग्लो झरना

१२ साउन, कालिकोट ।<font color = "green"> कालिकोटको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ ।</font color = "green"> नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ ।
पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो ।
पचालझरनाको वास्तबिक <font color ="red">उचाई ३८१ मिटर</font color ="red"> रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए ।
जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो ।
२ वटा जिपिएसको सहायताबाट साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिटर पाइयो ।’
<font color = "blue">यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो ।</font color = "blue">
वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।
स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरुले पचालझरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरेका छन् । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि साउन ५ गतेदेखि ८ गतेसम्म पदयात्रा कार्यक्रमसहित नाप लिइएको उनको भनाइ छ ।
पर्यटन बोर्डमा सूचिकृत छैन
यो झना अहिलेसम्म नेपाल पर्यटन बोर्डमा समेत सूचिकृत भएको छैन । अब झरनाको वास्तविक उचाई समेत पत्ता लागेकाले यसलाई नेपाल पर्यटन बोर्डमा सूचिकृत गराउनका लागि प्रकृया सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।
यसअघि स्थानीयले समिति बनाएर संरक्षणको काम गरेपनि औपचारिक रुपमा सूचिकृत गराउन कुनै पहल नभएको भन्दै उनले अब प्रकृया सुरु गर्ने बताए । अध्यक्ष सेजुवालले भने,’अब हामीले नाप लिइसकेका छौं, प्रकृया पुर्याएर सूचिकृत गरी यसको विकासमा लाग्छौं । त्यसका लागि कार्यक्रम र बजेट समेत विनियोजन गरिएको छ ।’
गाउँपालिकाले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्षका साथ योजना तथा कार्यक्रम बनाएको छ ।
Source: Onlinekhabar.com
Collected by SilentCSanj

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...