अर्थमन्त्रालयको बुधबारसम्मको आंकडा अनुसार यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च भएको छ ।
यस्तै वित्तिय व्यवस्थाका लागि ८७ अरब ५० करोड ५८ लाख ५२ हजार गरेर कुल ७ सय ६१ अर्ब, ४९ लाख ८९ हजार खर्च भएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बिहिबार भएको छलफलमा अर्थ मन्त्रालयका पदाधिकारीहरुले यसबारे जानकारी दिएका हुन् ।
बैशाखदेखि हालसम्म स्रोत सुनिश्चितता ४ वटा क्षेत्रमा भौतिक पूर्वाधार मन्त्रालय , संघीय मामिला, स्वास्थ्यमा र सिंचाईमा गरेर कुल ५ अरब ५८ करोड ५९ लाख २३ हजार स्रोतको सुनिश्चता दिएकोमा अहिलेसम्म स्वास्थ्यको १ अर्ब ११ करोड निकासा भइसकेको छ । यस्तै ४ अर्ब ४७ करोड बाँकी रहेको सचिव ढुङ्गानाले जानकारी दिए ।
मन्त्रालयको विवरण अनुसार चालु खर्च ८१ दशमलव ६७ प्रतिशत भएको छ भने ५४ दशमलव ३३ प्रतिशत पुँजीगत खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ७३ प्रतिशत खर्च भएको छ ।
स्रोत: रातोपाटी
Comments
Post a Comment