Skip to main content

आर्थिक वर्ष २०७४/०७५ को बजेट पारित, भोलि(असार ३०) नै राष्ट्रपतिबाट प्रमाणित हुने

काठमाडौं : आर्थिक वर्ष २०७४/०७५ को बजेट पारित भएको छ। गत १५ जेठमा सरकाले संसदमा प्रस्तुत गरेको बजेटको विनियोजन विधेयक यसअघि नै पारित भइसकेको थियो भने आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आज(असार २९) पारित भएको हो।
यस वर्षको बजेट गत वर्षकै निरन्तरता भएकाले बजेटमा समावेश हुने ऋण तथा जमानत सम्बन्धी विधेयक भने समावेश थिएन। गत वर्षकै बजेटको नियमितता भएकाले ऋण तथा जमानत सम्बन्धी विधेयक पुरानैले काम गर्ने भएकाले सरकारले बजेटका गर्दा तीन वटा मात्र विधेयक प्रस्तुत गरेको थियो।
असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण आजै बजेटसम्बन्ध विधेयक पारित गरिएको हो। संवैधानिक व्यवस्थाको परिपालनाका लागि राष्ट्रपतिले भोलि नै विधेयक प्रमाणित गरिसक्ने तयारी छ।
हरेक वर्ष साउन एकदेखि बजेट सम्बन्धि विधेयक लागू भइसक्ने संवैधानिक व्यवस्था छ।
विगतमा असार मसान्तमा बजेट प्रस्तुत हुँदा भदौ अन्तिम देखि असोजसम्म पारित गर्नमै लाग्ने र गाउँसम्म बजेट पुग्दा आधा वर्ष बित्ने भएकाले बजेटको कार्यान्वयन फितलो भएको भन्दै नयाँ संविधानमा जेठ १५ मै बजेट प्रस्तुत गर्ने मिति किटान भएको हो।
संविधानले जेठ १५ लाई बजेट प्रस्तुत गर्ने र साउन १ लाई बजेट लागू हुने दिनका रुपमा मिति किटान गरेको छ।
स्रोत: पहिलोपोष्ट.कम

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj

के हो सुनौला हजार दिन ?

कुपोषण हटाउने उद्देश्यले गर्भवती र दुई वर्षमुनिका बच्चाहरूलाई लक्षित गरी युएसएआइडीको लगानीमा ६ वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । सुरुमा सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम अहिले हेलेन केलर इन्टरनेसनलले सञ्चालन गरिरहेको छ । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । युएसएआइडीले पहिलो कार्यक्रममा सेभ द चिल्ड्रेनमार्फत दोलखाको ग्रामीण विकास टुकी संघसँग समन्वय गरी सञ्चालन गरेको थियो भने अहिले स्थानीय संस्था टुकी संघ नै रहने गरी हेलेन केलर इन्टरनेसनलमार्फत दोलखामा सञ्चालन गरिरहेको छ । अन्य केही जिल्लामा भने विश्व बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयमार्फत पनि सञ्चालन भइरहेको छ ।