Skip to main content

इलाम साक्षर जिल्ला घोषित

इलाम, असार २९ गते । सरकारले तोकेको सूचक पूरा गरेसँगै इलामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको साक्षरता प्रतिशत ९७।६ प्रतिशत पुगेकाले साक्षर घोषणा गर्न योग्य मापदण्ड पूरा गरेपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी भएपछि साक्षर घोषणा गरिन्छ । जिल्ला शिक्षा अधिकारी टङ्क गौतमका अनुसार राष्ट्रिय जनगणना २०६८ मा इलामको साक्षरता दर ७७।९ प्रतिशत थियो । साक्षरता प्रतिशत कम भएकाले जिल्लालाई साक्षरता घोषणा गर्न धेरै गृहकार्य गर्नु परेको थियो ।
मुलुकका ७५ वटा जिल्लामध्ये इलाम ३७ औँ साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा अधिकारी गौतमका अनुसार राष्ट्रिय जनगणना २०५८ अनुसार जिल्लाको साक्षरता ५४ प्रतिशत, २०६८ मा ७७।९ प्रतिशत रहेको थियो । जिल्ला शिक्षा कार्यालयले आव २०६८÷६९ मा सञ्चालन गरिएको साक्षरता अभियानबाट जिल्लाको साक्षरता प्रतिशत ८३।७ प्रतिशत, आव २०६९÷७० मा ९३।७ प्रतिशत, र आव २०७०÷०७१ म ९४।७ प्रतिशत र आव २०७१÷०७२ मा ९७।६ प्रतिशत रहेको थियो ।
कार्यालयका अनुसार ०६७÷६८ मा देशभर ५१ लाख निरक्षर रहेकामा इलाममा ४० हजार ५२३ निरक्षर पाइएको थियो । जिल्लालाई साक्षर घोषित गर्नका लागि इलाममा आव २०६७÷६८ मा १३, २०६८÷६९ मा ११, २०६९÷७० मा ११ र आव २०७०÷७१ मा १४ वटा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक चुडामणि पौडेलले औपचारिक रूपमा साक्षर जिल्ला घोषणा हुने मापदण्ड पुगेकाले इलामलाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । महानिर्देशक पौडेलले जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्कालाई साक्षरताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
जिल्ला साक्षर घोषणा कार्यक्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष पूर्णप्रसाद गौतमले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । राज्यको सबै क्षेत्रमा काम गर्ने क्षमतावान् व्यक्ति निर्माण गर्ने शिक्षा क्षेत्र भएकाले त्यसका लागि सरकारको ध्यान जान आवश्यक रहेको छ, उहाँले भन्नुभयो ।
स्रोत: गोरखापत्र

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...