नेपालमा हरेक वर्ष वृद्धवृद्धाको संख्या बढ्दै गएको छ । औसत आयु वृद्धि, मृत्युदर र जन्मदर घट्दै जान थालेपछि वृद्धवृद्धाको संख्या बढेको हो ।
नेपालमा अहिले ६५ वर्षभन्दा माथिको जनसंख्या १६ लाख ६० हजार ३ सय ६० छ । आगामी १४ वर्षपछि यो संख्या २२ लाख ८१ हजार २ सय ३८ पुग्ने मन्त्रालयको प्रक्षेपण छ ।
उत्पादन गर्न नसक्नेको संख्या धेरै
अहिले <u> १५ देखि ३९ वर्ष उमेर समूहको संख्या ४४ दशमलव २२ प्रतिशत </u> छ । तर, सन् २०३१ सम्ममा ४३ दशमलव २५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यस्तै, अहिले ४० वर्षभन्दा माथिको संख्या २५ दशमलव ९९ प्रतिशत छ भने सन् २०३१ मा बढेर ३१ दशमलव ३३ प्रतिशत हुने अनुमान छ ।
मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ८८ लाख २५ हजार ७ सय ९ छ । जसमध्ये सबैभन्दा धेरै १५ वर्षदेखि ३९ वर्षसम्मका १ करोड ६८ लाख ८९ हजार ७ सय ७५ छन् । उत्पादनका हिसाबले कम मानिने ४० वर्षदेखि माथिका उम्मेरका ७४ लाख ९२ हजार ४८ जना मात्र छन् । तर, आगामी १४ वर्षपछि १५ देखि ३९ वर्षका उम्मेर समूहको संख्या १ करोड ४५ लाख ३३ हजार ३ सय २९ जना हुनेछन् । ४० वर्षभन्दा माथिको उम्मेर समूह १ करोड ५२ लाख ६ हजार ६ सय २८ पुग्ने अनुमान छ ।
आज विश्व जनसंख्या दिवस
जुलाइ ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । यस वर्ष पनि नेपालसहित विश्वभर दिवस मनाउँदै छन् । मन्त्रालयका अर्का उपसचिव शिवराज न्यौपानेका अनुसार दिवसको उपलक्ष्यमा मन्त्रालयले राष्ट्रिय सभा गृहमा बृहत् कार्यक्रम आयोजना गरेको छ । यस वर्षको नारा ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्र’ तय गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सभामुख ओनसरी घर्तीलाई आमन्त्रण गरिएको छ । त्रिविमा जनसंख्या विषय पढ्ने स्नातकोत्तर र एमफिल पढ्दै गरेका विद्यार्थी गरिएको निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिने भएको छ ।
स्रोत: नयाँ पत्रिका दैनिक
Collected by SilentCSanj
Comments
Post a Comment