असार २९, २०७४
सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
क्षेत्री उपराष्ट्रपति कार्यालय र उर्जा मन्त्रालयमा सचिव भइसक्नुभएको छ । साउन २ मै निजामति सेवाबाट अवकास लिन लाग्नुभएका क्षेत्रीलाई बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।
क्षेत्रीले आजैदेखि कार्यभार सम्हाल्नुभएको छ ।
स्रोत: अन्नपूर्ण पोष्ट
सरकारको 22 औ मुख्य सचिवमा नया व्यक्ती..!!
©-राजेन्द्र किशोर क्षेत्री
©-2074 असार 29 गते बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको
©-मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।
को हुन् मुख्यसचिव भएका क्षेत्री ?
सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच एमाले नेतृत्वको अडमा कानुन समूहबाट प्रशासनमा आउन सफल भएका थिए ।
यदि मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएर एडीबी गएको भए उनी मुख्य सचिव नहुनसक्थे किनकी वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे । तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् ।
क्षेत्रीको कार्यकाल पनि लामो हुने छैन उनको ५८ वर्ष उमेर हदका कारण उनले कात्तिक ८ गते अनिर्वाय अवकास पाउनेछन् ।
Comments
Post a Comment