भारतमा नया राष्टपती निर्वाचित..!!
============¥¥===============
©-रामनाथ कोविन्द
©-भारतिय जनता पार्टीका नेता
©-१४ औं राष्ट्रपतिमा निर्वाचित भएका
©-कोविन्दले ६५.३५ प्रतिशत मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएका
©-नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए ।
सरकारको 22 औ मुख्य सचिवमा नया व्यक्ती..!!
===============¥¥=============
©-राजेन्द्र किशोर क्षेत्री
©-2074 असार 29 गते बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको
©-मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।
मदन पुरस्कारको 2073 को लागी मनोनयनमा परेका कृतिहरु..!!
===============¥¥================
१) गुहा, गुहालेख, गुहाचित्र एबं अन्य सम्पदा (इतिहास) - पुरुषोत्तमलोचन श्रेष्ठ
२) छाउघर (उपन्यास) - राज सरगम
३) तपन (उपन्यास) - शरद पौडेल
४) दोहाको सिधा उडान (नियात्रा)- जय छाङ्छा
५) धृतराष्ट्र (खण्डकाब्य) - घनश्याम कँडेल
६) प्रतिनायक (कथा) - हरि अधिकारी
७) म स्त्री अर्थात आइमाई (कविता) - सीमा आभास
८) शुक्रराज शास्त्रीको चस्मा (कथा) - राजेन्द्र पराजुली
९) सगरमाथाको गहिराई (कविता) - नवराज पराजुली
दोस्रो चरणको स्थानीय निर्वाचन सम्बन्धि संक्षिप्त जानकारी -२०७४
=================¥¥===============
©- वि.सं. २०७४ असार १४ मा सम्पन्न
©– मतदाता संख्या ६४,३२,७६५ रहेका
©– दोस्रो चरण अन्तर्गत प्रदेश नं. १,५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा निर्वाचन भएको।
©– ३३४ स्थानीय तहमा महानगरः १, उपमहानगरः ७, नगरः १११ र गाउँपालिकाः २१५ रहेका ।
©– १५ हजार ३८ प्रतिनिधिका लागि ६२ हजार ४०८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका ।
©– ८३६४ मतदान केन्द्र निर्धारण गरिएको।
©– निर्वाचन आयोगका अनुसार असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको । प्रारम्भिक रुपमा ७०.५ प्रतिशत मतदान भएको विवरण सार्वजनिक गरेको आयोगले सोलार्य सच्याउँदै ७३.६९ प्रतिशतको नयाँ विवरण सार्वजनिक गरेको ।
©– दोस्रो चरणको निर्वाचनमा बाजुरामा सबैभन्दा बढी (८० प्रतिशत) र भोजपुरमा सबैभन्दा कम (६१ प्रतिशत) भतदान भएको ।
फेरी पायो देशले नया प्रधानमन्त्री..!!
============¥¥===============
2074 जेठ 23 गते
शेरवहादुर देउवा(नेपाली काग्रेसका सभापती)
उनको पक्षमा 388 मत र विपक्षमा 170 मत परेको
देउवा आफ्नो जिवनकालको चौथो पटक,गणतन्त्र नेपालको दशौ र नेपालको 40 औ प्रधानमन्त्रि भए
२२ औं मिस नेपाल प्रतियोगिता -२०१७…!!
============¥¥================
मिस नेपाल(Miss Nepal World) :- निकिता चन्दक
18 प्रतिस्पर्धीलाई पछि पार्दै
1st Runner up (Miss Nepal Earth) :- रोजिना श्रेष्ठ
2nd Runner up (Miss Nepal International) :- नीति शाह
3rd Runner up (Miss Nepal Asia Pacific International ) :- साहारा बस्नेत
आर्थिक बर्ष २०७४/७५ को बजेट..!!
==============¥¥==============
©-कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड
©-साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड(६२ .८ % )
©-पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड(२६.२% )
©-वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड(११ %)
बजेटका स्रोतहरु..!!
©-राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब
©-साँवा फिर्ताबाट १५ अर्ब
©-वैदेशिक अनुदानबाट ७२ अर्ब
©-वैदेशिक ऋण २ खर्ब ऋण
©-आन्तरिक ऋण १ खर्ब ४५ अर्ब
बजेट स्थानीय तह…!!
©-निशर्त अनुदान- १ खर्व ४५ अर्ब
©-सशर्त अनुदान- ७५ अर्ब
©-कुल अनुदान- २ खर्व २५ अर्ब
बजेट २०७४ र राजस्व..!!
©- मदिरा र सुर्तीजन्य पदार्थमा लाग्ने करमा सामान्य वृद्धि हुने,
©-सबै भन्सारमा आसिकुडा वर्ड लागू हुने, हार्मोनाइज्ड प्रणाली पुर्ण रुपमा लागू हुने,
©-राजस्व बोर्ड गठन गरिने,
©-संघिय राजस्व नीति तर्जुमा गरि कार्यान्वयन गरिने,
©- करको दर स्वयमले निर्धारण गर्ने गरि स्थानिय तहलाइ तयार पारिने,
बजेट २०७४ र कर्मचारी..!!
©-२०७४ साउन १ बाट नियुक्ती हुने कर्मचारीको लागि योगदानमा आधारित पेन्सन प्रणाली लागू हुने,
©-उच्च स्तरिय तलब भत्ता पुनरावलोकन समिती गठन हुने,
©-राजस्व बोर्ड गठन गर्न पहल हुने,
©-कर्मचारीहरुको लगानीमा जलविद्युत निर्माण हुने
-गोविन्द गिरी
Collected by SilentCSanj
Comments
Post a Comment