Skip to main content

सगरमाथाको गहिराई'लाई पद्मश्री पुरस्कार

काठमाडौं- यस वर्ष (२०७४)को पद्मश्री पुरस्कार पुरस्कार कविता संग्रह सगरमाथाका गहिराईका लेखक नवराज पराजुलीलाई दिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले संकलित पुस्तकमध्ये पराजुलीको कवितासंग्रहलाई चुनेको हो। पुरस्कार राशि दुई लाख रुपैंयाको रहेको छ।

सो प्रतिष्ठानले पराजुलीको किताबसँगै जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृस्ट पाँच कृतिका रुपमा चयन गरेको थियो।

त्यस्तै पद्मश्री साधना सम्मान दुई जनालाई संयुक्तरुपमा दिने भएको छ। रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा सो सम्मान दिने प्रतिष्ठानले जारी विज्ञप्तीमा उल्लेख गरेको छ। लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पुर्‍याएका शर्मा र घिमिरेलाई सो सम्मान दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिस्ट साहित्यकार बैरागी काइँलालाई दिएको थियो। यो सम्मान पनि दुई लाख राशिको हुनेछ।

पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।

 स्रोत: नागरिक दैनिक

Comments