Skip to main content

महानगरका प्रमुख जिल्ला न्यायाधीशभन्दा माथि

गाउँपालिका अध्यक्ष डीएसपीसरह, उपप्रमुख / उपाध्यक्षको हैसियत गुमनाम

टपेन्द्र कार्की / काठमाडौं

महानगरपालिका प्रमुखको मर्यादाक्रम जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारीभन्दा माथि राखिएको छ । गृह मन्त्रालयले तयार पारी गत २४ जेठमै राजपत्रमा प्रकाशित भएको मर्यादाक्रमअनुसार महानगरपालिकाका प्रमुखको मर्यादाक्रम १८औं नम्बरमा छ भने सहसचिव तथा जिल्ला न्यायाधीशको मर्यादाक्रम भने १९आंै नम्बरमा छ ।

स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई मर्यादाक्रममा समेट्न गृह मन्त्रालयले तयार पारेको मर्यादाक्रममा यस्तो व्यवस्था गरिएको हो । २८ तहको मर्यादाक्रममा राष्ट्रपति पहिलो नम्बरमा छन् भने सहायक सेनानी (नायब सुब्बा) अन्तिममा छन् ।

जिल्ला समन्वय समितिको सभापति र महानगरपालिकाको प्रमुखलाई १८औं नम्बरको मर्यादा तोकिएको छ । योभन्दा तल अर्थात् १९आंै नम्बरमा उपमहानगरपालिकाका र नगरपालिकाका प्रमुख रहनेछन् । यो सूचीमा जिल्ला न्यायाधीश र महानिर्देशक तहका कर्मचारीहरू रहनेछन् ।

नया“ मर्यादाक्रमअनुसार उपमहानगर र नगरपालिकाका प्रमुख र जिल्ला न्यायाधीशको पदीय हैसियत एउटै हुनेछ भने महानगरपालिका प्रमुखको हैसियत जिल्ला न्यायाधीशभन्दा माथिको मर्यादामा हुनेछन् । मर्यादाक्रममा महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुखको मर्यादा भने उल्लेख गरिएको छैन ।

नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख, नगरपालिकाका प्रमुखलाई मर्यादाक्रमको १९ नम्बरमा राखिएको छ ।

त्यसैगरी गाउँपालिका अध्यक्षलाई २५औं नम्बरको मर्यादाक्रम तोकिएको छ । यो तहमा सेनानी, प्रहरी नायब उपरीक्षक (डीएसपी), सशस्त्र प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतलाई राखिएको छ । तर गाउँपालिकाका उपाध्यक्षको भने हैसियत उल्लेख गरिएको छैन ।

मर्यादाअनुसार राष्ट्रपति पहिलो, दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौं स्थानमा सभामुख रहने व्यवस्था छ । यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैटौं मर्यादाक्रममा रहने प्रावधान राखिएको छ । यस्तै मन्त्री, व्यवस्थापिका–संसद्को विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका–संसद्का उपसभामुख र पूर्वसभामुख सातौं स्थानमा रहने व्यवस्था छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक काफ्लेले नयाँ मर्यादाक्रम तय भएकाले सोहीअनुसार कार्यान्वयन हुने बताए । उनका अनुसार ३१ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि मर्यादाक्रम निर्धारण भएकाले अर्को मर्यादाक्रमबारे कुनै छलफल भएको छैन । ‘जिल्ला विकास समितिको स्थानमा जिल्ला समन्वय समिति र गाविस अध्यक्षको स्थानमा गाउँपालिका अध्यक्ष हुने भएकाले त्यस आधारमा मर्यादाक्रम लागू गरिएको हो,’ प्रवक्ता काफ्लेले भने ।

मर्यादाक्रममा राज्यमन्त्री, संविधानसभा र व्यवस्थापिका–संसद्का विभिन्न समितिका सभापति र अध्यक्षलाई आठौं नम्बरमा राखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूलाई नवौं, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्यलाई १०औं तथा सहायक मन्त्रीलाई ११औं नम्बरको मर्यादा तोकिएको छ । त्यसैगरी संविधानसभा र व्यवस्थापिका–संसद्का सदस्यलाई १२औं, संवैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, संसद् सचिवालयका महासचिवलाई १३औं नम्बरमा राखिएको छ ।

१४औं नम्बरमा उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्रबैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति रहेका छन् । नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधीशलाई १५औं नम्बरको मर्यादा तोकिएको छ । त्यसैगरी नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपालस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजकलाई १६औं नम्बरको मर्यादामा राखिएको छ ।
स्रोत: राजधानी दैनिक

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

Rural Sociology and Development

Introduction è Study of web of social relation - Sociology è Youngest social science, emerged in 19 th century from Europe to alleviate the then social problems and disorders. è French sociologist August Comte presented sociology as the scientific study of social behavior and relationship in his book 'Positive Philosophy' in 1839 A.D. So he is considered as the father of sociology. Four founding fathers of sociology are August Comte, Emile Durkheim, Herbert Spencer, and Max Weber. è Sociology emerged from Latin word 'Socious' and 'Logos' that means 'study or science of society'. è Emile Durkheim: "Sociology is the study of social facts." è Karl Marx: "In a broader sense, sociology is the study of social functions and social system." Rural Sociology: è The credit of Rural Sociology goes to America. The period from 1820 to 1920 in America is labeled as the age of exploitation. Due to the exploitation of ru...