Skip to main content

राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगिता

विनोदबाबु रिजाल

चितवन, २१ असार । 

एथलेटिक्समा उत्कृष्ट प्रदर्शनसहित चितवनले लगातार दोस्रो वर्षपनि राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगिता जिेतेको छ । काठमाडौंमा भएको मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७३ मा सहभागी १९ जिल्लामध्ये चितवन सर्वोत्कृष्ट भएको हो ।

चितवनले विभिन्न विधामा सहभागी ७४ खेलाडीबाट कूल १ सय ९७ अंक हासिल गरी लगातार दोस्रो वर्ष रनिङ शिल्ड हात पारेको चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिए । त्यसमध्ये चितवन एथलेटिक्सतर्फ पहिलो भयो भने छात्र र छात्रा भलिबलमा दोस्रो भयो । गतवर्ष चितवनको छात्रा भलिबल टोली पहिलो भएको थियो ।

यसपालि दोस्रो भएको ललितपुरले कूल १ सय ९३ अंक हात पारेको छ । जिल्लामा विद्यालय स्तरबाट उत्कृष्ट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउँछन् ।

एथलेटिक्समा ६ स्वर्ण

कूल १३ इभेन्टमा खेलाइएको एथलेटिक्समा चितवनलाई ६ स्वर्ण हात लागेको छ । छात्राको विभिन्न इभेन्टमा जितेको ६ स्वर्ण पदकमध्ये ५ स्वर्ण जानकी मा.वि.का भुवन महतो एक्लैले जितेका छन् ।

भुवनले ४ सय मिटर दौड, ४ बाई १ सय मिटर रिले दौड, ४ बाई ४ सय मिटर रिले दौड, लङजम्प र ट्रिपल जम्पमा स्वर्ण जितेको एथलेटिक्स प्रशिक्षक कान्ती महतोले जानकारी दिइन् । “भुवन निकै नै उत्कृष्ट छ”, महतोले भनिन्, “विगत वर्षहरुमा पनि राम्रो खेलेका उनले यसपालि सबैभन्दा राम्रो खेले ।”

चितवनलाई अर्को स्वर्ण ज्याबलिन थ्रोमा वीरेन्द्र चौधरीले जिते । एथलेटिक्समा ४ बाई १ सय मिटर र ४ बाई ४ सय मिटर रिले दौडमा भुुवनलाई वीरेन्द्र चौधरी, पिताम्बर महतो र विज्ञान चौधरीले साथ दिएका थिए । उनीहरु चारै जनाले यी दुई इभेन्टमा संयुक्त स्वर्ण जितेका हुन् । भुवन जानकी मा.वि.बाट एसपालिको एसईई उत्तीर्ण विद्यार्थी हुन् भने वीरेन्द्र यसैपालि दुर्गा मा.वि.बाट ११ कक्षाको परीक्षामा सहभागी भएका छन् ।

एथलेटिक्समा छात्रातर्फ तीनवटा रजत र छात्रा र छात्रतर्फ १–१ कांस्य पदक प्राप्त भएको छ । छात्रातर्फ २ सय मिटर दौडमा सञ्जु कुमाल, ४ बाई ४ सय मिटर रिले दौड र ट्रिपल जम्पमा जसना महतोलाई रजत पदक हात प¥यो । त्यस्तै ४ बाई १ सय मिटर रिले दौडमा छात्राले र ३ हजार मिटर दौडमा छात्रतर्फ अमृत बोटले कांस्य जितेको प्रशिक्षक कान्ती महतोले जानकारी दिइन् ।

कराँतेमा दुई पदक

कूल ६ जना सहभागी भएको कराँतेमा चितवनलाई दुई पदक हात लागेको छ । कराँते मध्यमाञ्चल प्रमुख गगन लामाले दिएको जानकारीअनुसार चितवनकी बुद्धलक्ष्मी लामाले ४५ केजी तौल समूहमा स्वर्ण र सोनी आचार्यले ४० केजी तौल समूहमा रजत जितेकी छन् । उनीहरु दुवै जना अब राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भलिबलमा २ रजत 

गतवर्ष स्वर्ण जितेको चितवनको छात्र भलिबलले यसपालि रजत जित्यो । गतवर्ष भक्तपुरलाई नै हराएर स्वर्ण जितेको छात्र भलिबलले यसपालि स्वर्ण भक्तपुरलाई नै बुझायो । त्यस्तै छात्रातर्फको भलिबलमा चितवनले रजत जित्यो । फाइनलमा चितवनलाई हराएको काठमाडौंले स्वर्ण जित्यो ।

क्षेत्रीय खेलमा एथलेटिक्सतर्फ १९, भलिबलमा १८, कबड्डीमा १८, तेक्वान्दोमा ६, कराँतेमा ६, फुटबलमा ४, क्रिकेटमा ३ र उसुमा ६ जना खेलाडी चितवनबाट सहभगी भएको चितवन जिल्ला खेलकुद विकास समिति अध्यक्ष गगन लामाले जानकारी दिए ।

स्रोत: कायाकैरन.कम

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...